बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो समय लागु भएको समृद्ध वन परियोजना कार्यक्रम सफल बनाउने दायित्व सबैको रहेको बुटवलका आयोजित एक कार्यक्रमका सहभागीहरूको निचोड रहेको छ ।
समृद्धि प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धी समिक्षा गोष्ठीमा सहभागी वन अधिकृत, कर्मचारी, सामुदायिक, साझेदारी बनका पदाधिकारी,वन पैदावार व्यवासायीहरुले समृद्ध वन परियोजनामा आधारित रहेर वन व्यवस्थापन गर्दा लाभ लिन सकिने बताएका हुन्। उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश वन निर्देशक दधिलाल कँडेलले वन संरक्षणको लागि पेसागत धर्मलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
समृद्धि वन प्रणालीमा रहेर रुख कटानसँगै भू क्षय रोक्नको लागि पनि जिम्मेवार बन्नुपर्ने उनले बताए। उनले वन व्यवस्थापन लागि एकले अर्कालाई समन्वयन गरेर अगाडि जानुपर्ने बताए।
वन व्यवस्थापन गर्दा स्वार्थ बाझिदा बेला बेलामा प्रश्न उठेको भन्दै सही नियत राखेर काम गर्नु पर्ने बताए। गलत मनसाय राखेर काम गर्ने छुट कसैलाई पनि नभएको उनको भनाई छ
कार्यक्रममा प्रदेश वन मन्त्रालयका उप सचिव यज्ञमुर्ति खनाल,डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले वन व्यवस्थापन थप सहज र लाभदायक बनाउनु पर्ने बताएका थिए। त्यसका लागि नीतिगत रूपमा सबै जिम्मेवार हुनुपर्ने उनिहरुले बताए।
सामुदायिक वन, साझेदारी वन,वन पैदावार व्यवसायी सङ्घका प्रनितिधी, वन कर्मचारीहरू विच अहिले वन व्यवस्थापन भइरहेको विषयमा साझा बुझाई र केही समस्या भएमा निकासको लागि समन्वयन गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको डिभिजन बन कार्यालय रुपन्देहीका वरिष्ठ वन अधिकृत दीपक के .सी ले बताए ।
पहिला लागू गरिएको वैज्ञानिक वन व्यवस्थापन प्रणाली कार्यक्रम रोकिएपछि लुम्बिनी प्रदेशको वन ऐनमा वन व्यवस्थापन सम्बन्धी नयाँ मापदण्ड बनाएर गत आर्थिक वर्ष देखि समृद्ध वन परियोजना सुरु गरेको हो । लुम्बिनी खास गरी तराई र मध्य पहाडको ९ जिल्लामा यो काम सुरु भएको छ। लुम्बिनी प्रदेशमा सामुदायिक वन,चक्ला वन र साझेदारी वन गरी २१७ वटा समूहमा अहिले यो प्रणाली अन्तर्गत काम भइरहेको छ।
