Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ समुदायलाई जोडेर समृद्ध वन परियोजना कार्यान्वयन  गर्नुपर्छ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समुदायलाई जोडेर समृद्ध वन परियोजना कार्यान्वयन  गर्नुपर्छ

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०८१ · 0
समुदायलाई जोडेर समृद्ध वन परियोजना कार्यान्वयन  गर्नुपर्छ
60
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो समय  लागु  भएको समृद्ध   वन परियोजना कार्यक्रम सफल  बनाउने दायित्व सबैको रहेको बुटवलका  आयोजित एक कार्यक्रमका सहभागीहरूको निचोड रहेको छ ।
समृद्धि प्रणालीमा आधारित वन  व्यवस्थापन सम्बन्धी  समिक्षा गोष्ठीमा सहभागी   वन अधिकृत, कर्मचारी, सामुदायिक, साझेदारी बनका पदाधिकारी,वन पैदावार व्यवासायीहरुले समृद्ध वन परियोजनामा आधारित रहेर वन व्यवस्थापन गर्दा लाभ लिन सकिने बताएका हुन्। उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश वन निर्देशक दधिलाल कँडेलले   वन संरक्षणको लागि पेसागत धर्मलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
समृद्धि वन प्रणालीमा रहेर रुख कटानसँगै भू क्षय रोक्नको लागि पनि जिम्मेवार बन्नुपर्ने उनले बताए। उनले वन व्यवस्थापन लागि एकले अर्कालाई समन्वयन गरेर अगाडि  जानुपर्ने बताए।
वन व्यवस्थापन गर्दा स्वार्थ बाझिदा बेला बेलामा  प्रश्न उठेको भन्दै सही नियत राखेर काम गर्नु पर्ने बताए। गलत मनसाय राखेर काम गर्ने छुट कसैलाई पनि नभएको उनको भनाई छ
कार्यक्रममा प्रदेश वन मन्त्रालयका उप सचिव यज्ञमुर्ति खनाल,डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले वन व्यवस्थापन थप सहज र लाभदायक बनाउनु पर्ने बताएका थिए। त्यसका लागि  नीतिगत रूपमा सबै जिम्मेवार हुनुपर्ने उनिहरुले बताए।
सामुदायिक वन, साझेदारी वन,वन पैदावार व्यवसायी सङ्घका प्रनितिधी, वन कर्मचारीहरू विच अहिले वन व्यवस्थापन भइरहेको विषयमा साझा बुझाई र केही समस्या भएमा निकासको लागि समन्वयन गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको डिभिजन  बन कार्यालय रुपन्देहीका वरिष्ठ वन अधिकृत दीपक के .सी ले बताए ।
पहिला लागू गरिएको वैज्ञानिक वन व्यवस्थापन प्रणाली कार्यक्रम रोकिएपछि लुम्बिनी प्रदेशको वन ऐनमा वन व्यवस्थापन सम्बन्धी नयाँ मापदण्ड बनाएर गत आर्थिक वर्ष देखि  समृद्ध वन परियोजना सुरु गरेको हो । लुम्बिनी खास गरी तराई र मध्य पहाडको ९ जिल्लामा यो काम सुरु भएको छ। लुम्बिनी प्रदेशमा सामुदायिक वन,चक्ला वन र साझेदारी वन गरी २१७ वटा समूहमा अहिले यो प्रणाली अन्तर्गत काम भइरहेको छ।

≪ Previous Post

शँकरनगर सामुदायिक वनमा वन सम्वद्र्धन सम्वन्धी अन्तरक्रिया

Next Post ≫

शंकरनगर सामुदायिक वनमा वन ब्यवस्थापनको अनुगमन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क