Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर सामुदायिक वनमा वन सम्वद्र्धन सम्वन्धी अन्तरक्रिया
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर सामुदायिक वनमा वन सम्वद्र्धन सम्वन्धी अन्तरक्रिया

संसारपोस्ट संवाददाता · १६ जेष्ठ २०८१ · 0
शँकरनगर सामुदायिक वनमा वन सम्वद्र्धन सम्वन्धी अन्तरक्रिया
70
SHARES
ShareTweet

तिलोत्तमा । वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य सुरु गरेको शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले बुधबार नगरपालिका, राजनीतिक दल, सामुदायिक विद्यालय, जनप्रतिनिधिलगायत वनसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायसँग वन सम्वद्र्धन कार्यक्रम सम्वन्धी अन्तरक्रिया तथा गोष्ठी गरेको छ ।
गत वर्ष देखि वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य सुरु गरेको सामुदायिक वनले वार्षिक कार्ययोजना अनुसार यो कार्यक्रम गरेको समूहका कोषध्यक्ष भुवन आचार्यले वताउनु भयो ।
वैज्ञानिक बन व्यवस्थापनको साटो सरकारले संघीय वन ऐनमा संशोधन गरी वन संवद्र्धन समावेश गरी वन ऐन २०७९ मा त्यसको व्यवस्था गरेको छ । संघीय वन ऐनमा गरिएको संशोधनलाई मनन गर्दै लुम्बिनी प्रदेश सरकारले पनि वन ऐन र नियमावली ल्याएर वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन मापदण्ड २०७९ ल्याएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले मानिसको जीवन र स्वास्थ्य संग प्रत्यक्ष जोडिएको वनलाई सबै मिलेर जोगाउन र ब्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो । वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यले वन व्यवस्थापन गर्न बाटो खुला भएको र सबैको प्रयासले मात्र वनको दिगो ब्यवस्थापन हुने भन्दै प्रमुख खाँणले आफ्नो घर आंगनलाई पनि हरियाली बनाउन आग्रह गर्नुभयो । प्रमुख खाँणले वनलाई प्रयोग मात्र नगरी उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा सहजकर्ता डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटाले अहिलेका पुस्ताको वन पैदावारको माग र सेवालाई परिपूर्ति गर्दै भावी पुस्तालाई पनि आपूर्तिमा असर नपर्ने गरी वनको व्यवस्थापन गर्ने गरी वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य लागु भएको बताउनुभयो ।
वन संवद्र्धन प्रणाली अन्तर्गत वनको रुपरेखा कस्तो गर्ने भन्ने परिकल्पना गर्दे विज्ञानमा आधारित रही कहिले रोप्ने, काट्ने र हुर्काउने कामहरुको निश्चित निर्धारण गरिने हुंदा यही विधि वा प्रणाली लागू गरिएको वन संवद्र्धन प्रणाली नै वैज्ञानिक हुने उहांले बताउनु भयो ।  डिभिजन प्रमुख सापकोटाले यस प्रणालीले जैविक विविधता, वनको हैसियतमा सुधार, सौन्दर्यकरण, रोजगारीको सिर्जना, आर्थिक वृद्धि, राजस्वमा वृद्धिलगायत सबै क्षेत्रमा फाइदा पुग्ने बताउनु भयो ।
विरुवा नभए वन नहुने र दिगो वनका लागि विरुवा उत्पादन जरुरी रहेकाले न विरुवा न पोल माउ रुख सिद्दिए डामाडोल भन्ने अवस्था आउन नदिनका लागि वन विज्ञानको सिद्धान्तमा आधारित रहेर रुख उमार्ने, हुर्काउने र बुढा रुख सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तरक्रिया तथा गोष्ठीमा साजीकरण गर्दै तिलोत्तमा सव डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सूर्यप्रसाद मैनालीले हालसम्म वन संवद्र्धन प्रणालीमा आधारित व्यवस्थापनमा भएका अभ्यास तथा सिकाइलाई अभिलेखीकरण गरी विश्लेषण गर्ने, दिगो वन व्यवस्थापनमा देखिएका जोखिम र चुनौती न्यूनीकरणका उपायबारे जानकारी गराउनु भयो । यो प्रणाली अन्तर्गत बनको कार्य योजना बमोजिम पुनरुत्पादन कटान, थिनिङ र पुनरुत्पादन तयारी कटानलगायत वन संवद्र्धनका कार्यहरु हुने जानकारी गराउनु भयो । बुढा र उमेर पुगेका रुखहरु कटान गर्ने, रुख काटिएका ठाउँमा विरुवा उमार्ने वा रोप्ने र उम्रेको विरुवालाई हुर्काउने प्रक्रियाको समग्र ब्यवस्थालाई वन संवद्र्धन प्रणाली भनिने वन अधिकृत मैनालीले बताउनु भयो ।
सामुदायिक वनका अध्यक्ष रबिन्द्र बस्नेतले वन संवद्र्धन प्रणालीका विषयमा सरोकारवाला सबैलाई जानकारी गराउने उद्देश्य अनुरुप अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भयो ।
कार्यक्रममा सामुदायिक वनका उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारीलगायतले शँकरनगर सामुदायिक वनले वन संवद्र्धन प्रणाली अन्तर्गत हालसम्म गरेका क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो ।

≪ Previous Post

पुरानै कर्मचारी नियमावली लागू गर्न राममणी क्याम्पसलाइ अदालतको आदेश

Next Post ≫

समुदायलाई जोडेर समृद्ध वन परियोजना कार्यान्वयन  गर्नुपर्छ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क