Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८१ · 0
तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा
80
SHARES
ShareTweet

सरकार निजी क्षेत्रमैत्री नभएको उद्योगी बयवसायीको गुनासो 

तिलोत्तमा । तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले स्थानीय सरकारले उद्योगी व्यवसायी संग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनुभयो । उहांले तिलोत्तमाको विकासको लागि उद्योगी व्यवसायी संग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै तिलोत्तमा लगानीको हिसावले उपयुक्त र सुरक्षित नगर रहेकोले उद्योगी व्यवसायीका लागि लगानी योग्य वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहांले उद्योगी व्यवसायीसँगको छलफल र सुझावका आधारमा स्थानीय सरकारले राजश्व नीति तथा करको दायरा तय गर्ने पनि जानकारी गराउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन हुने खालका कार्यक्रममा स्थानीय सरकारले जोड दिएको बताउनुभयो । उहांले उद्योगी व्यवसायीबाट प्राप्त करले स्थानीय सरकार सञ्चालन विकासका काममा समेत ठूलो सहयोग पुगेको भन्दै निजी क्षेत्रसँग नगरपालिका सधै मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले सरकारका नीति निजी क्षेत्र मैत्री बन्न आवश्यक रहेको बताउनुभयो । साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले निजी क्षेत्र मैत्री नीतिले नै नेपालले आर्थिक समृद्धि प्राप्त गर्न सक्ने र जवसम्म राज्यले निजी क्षेत्रलाई सकारात्मक ढंगबाट हेर्न सक्दैन तबसम्म आर्थिक समृद्धि नारामा मात्र सीमित रहने बताउनुभयो ।
यस क्षेत्रमा रहेका रुग्ण तथा क्रसर उद्योगका लागि निर्धारण गरिएको व्यवसाय कर बढी भएकाले कमगर्नका लागि तिलोत्तमा नगरपालिकासँग विशेष पहल गरिने पनि उहांले बताउनु भयो । अध्यक्ष भण्डारीले तयारी वस्तुमा लाग्ने भन्सार भन्दा औद्योगिक कच्चा पदार्थमा लगाइएको भन्सार दर घटाउन दवाबमूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजूले संघीय सरकारले ल्याएको बजेटमा निजी क्षेत्रका धेरै सुझावहरु समेटिएको भन्दै यसको कार्यान्वयन भए मात्र अर्थतन्त्रले गति लिने बताउनुभयो । उहांले कोभिडपछि थला परेको उद्योग व्यवसायलाई चलायमान गराउन सरकारले संरक्षणको नीति अंगिकार गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग बाणिज्य महासंघका अर्का केन्द्रीय सदस्य केशव भण्डारीले सरकार राजश्वमुखी मात्र भएको भन्दै उत्पादन बढाउनेतर्फ जोड दिन सके मात्रै मुलुकको अर्थतन्त्र फस्टाउने बताउनुभयो ।
त्यस अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख भूमिश्वर ढकाल, एमालेका तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, जनसहभागितामा आधारित वास सहकारीका अध्यक्ष खेम गौतम, तिलोत्तमा व्यापार संघका उपाध्यक्ष ताराप्रसाद नेपाल, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जिएम, संघका सल्लाहकार बालकृष्ण भुसाल, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डे, महासचिव राजकुमार पाण्डे लगायतले सरकारका नीति कार्यक्रम उद्योग ब्यवसायमैत्री हुनुपर्नेमा जोड दिनुभएको थियो ।
साधारणसभाले अध्यक्ष गुणनिधि भण्डारी, महासचिव राजकुमार पाण्डे र कोषाध्यक्ष विष्णु भण्डारीले प्रस्तुत गरेको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।

ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन


तिलोत्तमा उद्योग वाणिज्य संघको शनिवार सम्पन्न चौथो अधिवेशनबाट ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा संघको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
अधिबेशनबाट संघको बरिष्ठ उपाध्यक्षमा सुरज पंगेनी, उद्योग उपाध्यक्षमा सूर्य प्रसाद न्यौपाने, वाणिज्य उपाध्यक्षमा विष्णु प्रसाद भण्डारी, महासचिवमा राज कुमार पाण्डे, कोषाध्यक्षमा टिकाराम भण्डारी, सचिवमा वीना न्यौपाने, सह सचिवमा कृष्ण प्रसाद पाण्डे र सह कोषाध्यक्षमा वसन्त रोका निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी कार्यसमिति सदस्यमा महिला तर्फ राधिका देवी शर्मा र अन्जना केसी, तथा खुला सदस्यमा शेर बहादुर थापा, छोटेलाल यादव, रोमनाथ गैरे, गंगाराम पाण्डे, नरेश बहादुर क्ष्ोत्री, कमल भुषाल, अर्जुन पराजुली,शालिकराम वोस्ती, अंकित भुषाल र गोविन्द रेग्मी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

≪ Previous Post

तिलोत्तमाले गर्दैछ उद्यम, ज्ञान तथा रोजगार सूचना मेला

Next Post ≫

पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार दुर्घटना हुंदा ३ जनाको मृत्यु, २ घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क