मृत्यु हुने तीनै जना एकै परिवारका
संसार पोष्ट
काठकमाडौ, २४ साउन । शुक्रबार विहान त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ । बस संगै नदीमा खसेका १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खसेको थियो ।
मृतक तीनै जनाको पहिचान खुलेको र उनीहरु एकै परिवारका रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजा सौरव रौनियार रहेका छन् ।
ना ६ ख ७४६९ सृष्टि डिलक्स बस शुक्रवार बिहान ३ः३० बजेको समयमा त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । बसमा मलङ्गवाबाट ४० र सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बस संगै नदीमा खसेका २० जना बेपत्ता छन् भने घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।