बुटवल । बुटवलवको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ठक्करबाट २ जना गम्भीर घाइते भएका छन् ।
एम्बुलेन्सको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपालीको मृत्यु भएको छ भने बुटवल ११ कै ५५ बर्षिय हरिकला नेपाली र ३५ बर्षिय झुपा ठडराई घाईते भेका छन्।
अर्घाखांचीबाट बिरामी लिएर बुटवल तर्फ आउदै गरेको जिल्ला अस्पताल अर्घाखांचीको लु १ ज ५३१ नम्वरको एम्वुलेन्सले बुटवल उपमहानगरपालिका वडा नं १३ झोलुंगेपुल नजिकै उनीहरु ३ जनालाई ठक्कर दिएको थियो।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बिहान करिव ५ बजे बाटोमा हिडिरहेका उनीहरुलाई एम्वुलेन्सले ठक्कर दिएपछि घाईते भएका थिए।
घाईतेहरुको स्थानीयले उद्धार गरी लुम्विनी प्रादेशिक अस्पताल पुर्याएकोमा एक जनाको बिहान ५ः ३४ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले बताएको छ।
दुर्घटनाका घाईतेहरुको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ। दुर्घटनामा सम्लग्न एम्वुलेन्स र चालक अर्घाखांचीको पाणीनी गाउपालिका ७ का नारायण बहादुर गव्तार मगर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।