भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा २ लाख बढिको अबैध सामान नियन्त्रणमा लिएको छ ।
अं.मुल्य रु.२,०८,४००।– बरावरको निम्नानुसारको सामान नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानमा चेकजाच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा अन्दाजी २ लाख ८ हजार ४ सय रुपैयाँ बरावरको सामान नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बाट यु पी ५६ भी ६८२२ नं. को मोटरसाईकलमा ल्याउंदै गरेको अवस्थामा बिभिन्न किसिमका त्रिपाल मोटरसाईकल सहित बरामद गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ कोटहीमाई मन्दिर बाट बिभिन्न किसिमका कपडा, सुर्ती र प्याज बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेबी गाउँपालिका वडा नं. ६ बेथरीमा बेवारिसे अवस्थामा रहेको चिनी ६ बोरा बरामद गरेको छ ।
प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले मिति लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.४ बाट ६ बोरा प्याज, २ बोरा मटरको दाल र १ बोरा मटर दाना बरामद गरेको छ ।