Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ राममणि क्याम्पसमा जर्नल विमोचन र अनुसन्धनात्मक प्रशिक्षण
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राममणि क्याम्पसमा जर्नल विमोचन र अनुसन्धनात्मक प्रशिक्षण

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०८१ · 0
राममणि क्याम्पसमा जर्नल विमोचन र अनुसन्धनात्मक प्रशिक्षण
70
SHARES
ShareTweet

तिलोत्तमा । रूपन्देहीको मणिग्राम स्थित क्यू.ए.ए. गुणस्तर प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा जर्नल विमोचन र ५ दिने अनुसन्धनात्मक प्रशिक्षण सम्पन्न भएको छ ।
अनुसन्धान समितिका संयोजक डा. अशोक भण्डारीको अध्यक्षतामा भएको प्रशिक्षण समापन गर्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले शैक्षिक गुणस्तर उच्च बनाइराख्न प्रशिक्षण उपयोगी हुने बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित सो कार्यक्रममा डा. अशोक भण्डारी, कृष्णकुमार रेग्मी र नोवराज तिवारीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा राममणि सहित रूपन्देही क्याम्पस, पशुपति कलेज र बुटवल कालिका क्याम्पसका प्राध्यापकहरूको सहभागिता रहेको थियो ।
त्यसअघि, गत मंगलबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले प्रशिक्षण उद्घाटन गर्दै विश्वस्तरको शिक्षा विकाशका लागि अनुसन्धान कार्य प्रभावकारी हुने बताउनुभएको थियो ।
सोही अवसरमा क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाईले प्रकाशन गर्दै आएको अनुसन्धनात्मक पत्रिका “द जर्नल अफ एकेडेमिक डिभलपमण्ट”को आठौं अङ्क विमोचन गरिएको थियो । साथै, यसै वर्षदेखि सो जर्नलका लेखहरूको समकक्षी समीक्षा सहित सम्पादन गरी नेप्जलमा समेत प्रकाशित भएको जानकारी दिइएको थियो ।
अनुसन्धान व्यवस्थापन एकाई राममणि बहुमुखी क्याम्पसका संयोजक डा. अशोक भण्डारीको अध्यक्षता एवम् सदस्य माया घिमिरेको सञ्चालनमा उद्घाटन तथा समापन कार्यक्रम भएको थियो ।
कार्यक्रम समापनमा बोल्दै राममणि क्याम्पसका विभागीय प्रमुख लक्ष्मण खरेल र पशुपति कलेजका उपप्राध्यापक कविता भण्डारीले प्राध्यापकहरूको कार्यकुशलता बढाउँदै शैक्षिक गुणस्तर उकास्न प्रशिक्षणले प्रेरित गरेको बताउनुभयो ।

≪ Previous Post

तनहुँ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत

Next Post ≫

भन्सार छलीका २ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क