Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तनहुँ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तनहुँ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत

संसारपोस्ट संवाददाता · ५ जेष्ठ २०८१ · 0
तनहुँ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत
80
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले तनहुँ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत गरेको छ । गएको जेठ २९ गते संस्थागत भ्रमणमा निस्किएको तनहुँ उद्योग वाणिज्य संघको टोलीले पश्चिम क्षेत्रका उद्योग वाणिज्य संघहरुको भ्रमण गरी शुक्रबार बुटवल आईपुगेको हो ।
तनहुँको भ्रमण टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले संस्थागत मात्रै नभएर बुटवल र तनहुँ बिच व्यवसायिक सम्बन्ध पनि रहेको बताउनु भयो । उहाँले २०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघले पेशागत हकहितसंगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा लगानी सहितको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जानकारी गराउनु भयो । उहाँले बुटवल उद्योग वाणिज्य संघ र तनहँु उद्योग वाणिज्य संघ विच भोलीका दिनमा पनि विश्वस्निय सहकार्य भईनै रहने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले उद्योग व्यापार व्यवसाय पलायन हुँदै गईरहेको अवस्थामा व्यवसायीमैत्री वतावरण कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले अरु उद्योग वाणिज्य संघहरुको सिकाई र अनुभव साटासाट गर्नको लागि भ्रमणमा निस्किएको बताउनु भयो । उहाँले २०२३ सालमा स्थापना भएको तनहु उद्योग वाणिज्य संघ र बुटवल उद्योेग वाणिज्य संघ बिच पुरानो आत्मियता रहेको र बुटवलबाटै सिकेर तनहुँमा मेला महोत्सव समेत सञ्चालन गर्न सुरु गरिएको बताउनु भयो । उहाँले देशभरका जिल्ला नगर उद्योग वाणिज्य संघहरु बिचमा एकरुपता आवश्यक देखिएको बताउँदै त्यसको लागि पहल गर्न महासंघलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले औद्योगिक तथा व्यवसायिक समस्या समाधानका लागि महासंघले पहल गरिरहेको बताउँदै महासंघकै पहलका कारण बैंक तथा वित्तिय संस्थाहरुले लिँदै आएको व्याजदरमा गिरावट आएको भनाई राख्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले संघको संस्थागत तथा वैधानिक व्यवस्थाहरुको बारेमा जानकारी गराउनु भयो । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी सहित तनहुँ र बुटवल उद्योग वाणिज्य संघका पदाधिकारी सदस्यहरुले दुबै संघका बारेमा जानकारी आदानप्रदान गर्नुभएको थियो ।

≪ Previous Post

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजनलाई

Next Post ≫

राममणि क्याम्पसमा जर्नल विमोचन र अनुसन्धनात्मक प्रशिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क