Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजनलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजनलाई

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०८१ · 0
बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजनलाई
80
SHARES
ShareTweet

बुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनाका राजन रोक्काले जितेका छन् । निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै रोक्काले हाफ म्याराथनको उपाधि जितेका हुन् । म्याराथनमा च्याम्पियन बनेका रोक्काले नगद एक लाख रुपैयाँ पुरस्कार हात पारेका छन् ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विहिबार बुटवलमा राष्ट्रिय हाफ म्याराथन तथा रोड रेस प्रतियोगिता आयोजना गरेको थियो । ‘सबैका लागि खेल’ भन्ने नारा सहित आयोजना गरिएको म्याराथनमा नेपाली सेनाकै नरेन्द्र रावत दोश्रो भएका छन् । १ घण्टा १० मिनेट १४ सेकेन्डमा निर्धारित दुरी पार गरेका रावतले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली सेनाकै रामजी बस्नेतले १ घण्टा १० मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै तेश्रो भएका छन् । बस्नेतले नगद ५० हजार पुरस्कार प्राप्त गरेका छन् । हाफ म्याराथनमा जुम्लाका दुर्गा बुढा चौथो, नेपाली सेनाकै श्रीष लाल पाँचौ तथा सशस्त्र प्रहरीका किरण सिंह बोगटीले छैटौं स्थान प्राप्त गरेका छन् । चौथो बनेका बुढाले ३० हजार, पाँचौं बनेका श्रीष लालले २० हजार र छैटौं बनेका बोगटीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

बुटवल बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत बुटवल उपमहानगरपालिकाको कालिकानगरबाट सुरु भएको हाफ म्याराथन तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा पुगेर योगिकुटी आई समापन भएको थियो । प्रतियोगिता संयोजक तथा एकेडेमीका एथ्लेटिक्स विभाग प्रमुख मोहन बहादुर घलेका अनुसार एकेडेमीले मदन भण्डारी स्मृति दिवसको अवसरमा राष्ट्रिय खुल्ला हाफ म्याराथनसँगै थप चार विधाका रोड रेस प्रतियोगिता समेत आयोजना गरेको थियो ।

जसमा १० किलोमिटरको खुल्ला महिला दौड प्रतियोगिता, १० किलोमिटर दुरीकै कलेज स्तरिय खुल्ला छात्र दौड, पाँच किलोमिटर दुरीको विद्यालय स्तरिय खुल्ला छात्र र तिन किलोमिटर दुरीको खुल्ला छात्रा दौड प्रतियोगिता राखिएको थियो ।

सबै विधाका प्रतियोगितामा प्रथमदेखि छैटौंसम्म हुने खेलाडीहरुलाई नगद सहित पुरस्कृत गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । प्रतियोगिताका उत्कृष्ट धावकहरुलाई नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले पुरस्कार प्रदान गर्नुभएको थियो ।

≪ Previous Post

पाल्पामा भएको जिप दुर्घटनामा परी २ जनाको मृत्यु, १३ जना घाइते

Next Post ≫

तनहुँ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क