Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रूपन्देही सुपरलिग : न्यु होराइजन क्रिकेट क्लबको जित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रूपन्देही सुपरलिग : न्यु होराइजन क्रिकेट क्लबको जित

संसारपोस्ट संवाददाता · ३ बैशाख २०८१ · 0
ड्रिम युनिक रूपन्देही सुपरलिग : न्यु होराइजन क्रिकेट क्लबको जित
100
SHARES
ShareTweet

भैरहवा । ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा न्यू होराइजन क्रिकेट क्लबले जित निकालेको छ । सोमबार भएको डिभिजन ‘ए’ को खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै न्यू होराइजनले जित हात पारेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान टस जितेर ब्याटिङ गरेको नेपथ्य तिलोत्तमाले ४९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ८९ रनको योगफल बनायो । उसका लागि कृष्ण कार्कीले ३८, स्वस्तिक पराजुली र विकल अधिकारीले १९–१९, सन्दिप यादव र रोशन घिमिरेले १३–१३, कृष्ण भुसालले १२ र अमन बोहराले ११ रन बनाए । बलिङमा न्यू होराइजनका निरज घिमिरेले ३, महेश भर र प्रिन्स पालले २–२ तथा सुमित पराजुलीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको न्यू होराइजनले ३९ ओभर ३ बलमा ८ विकेटको नोक्सानीमा १ सय ९२ रन बनाउँदै जित निकाल्यो । उसको जितमा अमर मिश्राले ३६, सुमित पराजुलीले अविजित २९, राहुल भण्डारी २४, महेश भर २२, निश्चल ज्ञवाली १९, बाबुराम क्षेत्री र विपर्शन केसीले १६–१६ रनको योगदान गरे । बलिङमा नेपथ्य तिलोत्तमाका आशुतोष पाण्डे, कृष्ण भुसाल र सागर भण्डारीले समान २–२ विकेट लिँदा लक्ष्मण कुमालले १ विकेट लिए । खेलमा न्यू होराइजनका निरज घिमिरे प्लेयर अफ द म्याच भए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदियमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

≪ Previous Post

शँकरनगर सामुदायिक वनमा निशुल्क आँखाको चेकजाँच शिविर

Next Post ≫

अबैध नदिजन्य पदार्थ र माटो उत्खनन गर्ने सवारी प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क