तिलोत्तमा । शरीरका अन्य अंगभन्दा निकै संवेदनशील मानिने आँखाको उपचारमा ध्यान नदिदा धेरै नागरिकले आँखा सम्बन्धी रोगको समस्या भोग्नु परेको सरोकारवालाले बताएका छन् । आँखाको ज्योति गुमेकालाई मात्र आँखाको महत्व थाहा हुने भन्दै उनीहरुले आँखाको स्याहार सुसारमा ध्यान दिन उनीहरुले सुझाव दिएका छन् ।
शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले सामाजिक उत्तरदायित्व अन्तर्गत समूहका पार्षदहरुका लागि सोमबार समूहको कार्यालयमा आयोजना गरेको निशुल्क स्वास्थ्य परीक्षण (आँखाको चेकजाँच) कार्यक्रममा बोल्दै उनीहरुले आँखा रोगको उपचारले मात्र मानिसलाई अन्धकार हुनबाट जोगाउने बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले आँखा विनाको मानव जीवन कल्पना गर्न नसकिने बताउनुभयो । उहांले आखाको दृष्टि राम्रो राख्न घर वरिपरिको वातावरण हरियाली बनाउन सुझाव दिदै यसका लागि सबैले आफ्नो जन्म दिन तथा विशेष अवसरमा बिरुवा रोप्नुपर्नेमा जोड दिनुभयो । सबैले विरुवा रोपेमा गाउँ टोल हरियाली हुने, यसले वातावरणलाई स्वच्छ वनाउने र स्वच्छ वातावरणले मानव जीवन स्वस्थ हुने भएकाले यसलाई आफ्नो जीवन पद्दति र सस्कार सङ्ग जोडेर हरियाली प्रवद्र्धन गर्नुपर्नेमा प्रमुख खाँणले जोड् दिनुभयो ।
श्री कृष्ण नेत्रालय भैरहवाका नेत्र रोग विशेषज्ञ डा. सल्मा के सी राईले आँखा मानव शरीरको मत्वपुर्ण अङ्ग भएपनि आँखाको स्वास्थ्य प्रति सम्बेदनशिल नहुंदा धेरै मानिस आँखा सम्वन्धी रोगवाट ग्रसित भएको बताउनु भयो । सुगर, उच्च रक्तचाप जस्ता रोगका कारण पनि आँखाको दृष्टि गुम्न सक्ने भएकाले आँखा जाँचमा ध्यान दिन आग्रह गर्नुभयो ।
आँखाको स्वास्थ्यका लागि हरियो सागपात, सुन्तला, कागती, गाजर, अंगुर, मेवालगायतका फलफूल बाट भिटामिन ए, सी, फोलिक एसिड, सेलेमियम र जिंक जस्ता तत्व प्राप्त ह्ने भएकाले सेवन गर्न र आँखामा असहज महसुस भए चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न डा. सल्माले सुझाव दिनुभयो ।
कार्यक्रममा सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेत, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, कोषाध्यक्ष भुवन आचार्य लगायतले बोल्दै समूहको वार्षिक नीति तथा कार्यक्रम अनुसार शरिका अन्य अँग जस्तै आँखाको स्वास्थ्यलाई महहत्व दिएर आँखा जाँच कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
आँखा जाँच कार्यक्रममा समूहका पार्षद तथा कार्यसमिमिति पदाधिकारी तथा सदस्य गरी १५० जनाको दृष्टि, दृष्टि दोष, प्राथमिक चेकजाँच, मोतिया विन्दु, वायोमेट्री र चस्मा जाँच तथा निशुल्क औषधी वितरण गरिएको थियो । आज आँखा जाँच गराएकाहरुको अपरेशन तथा थप अन्य उपचार गर्नु परेमा श्री कृष्ण नेत्रालयको भैरहवा र बुटवल शाखाले टिकट निशुल्क र अन्य उपचारमा विशेष सहुलियत दिनेगरी सम्झौता भएको समूहका अध्यक्ष रविन्द्र बस्नेतले जानकारी गराउनु भयो ।
