Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0
बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी
60
SHARES
ShareTweet

बुटवल । बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी गरिएको छ । बुटवल उपमहानगरपालिका बुद्धिचाल संघले यहि चैत २४ देखि २७ गतेसम्म कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता गर्न लागेको हो ।

संघले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागि हुनको लागि नेपाल सहित भारत, वंगलादेश, श्रीलंका, अमेरिकाबाट समेत गरी अहिलेसम्म ११७ जनाले नाम दर्ता गराईसकेका छन् । यो प्रतियोगितामा ४ सय जनासम्मलाई सहभागि गराउन सकिने बुटवल उपमहानगरपालिका बुद्धिचाल संघका अध्यक्ष सुधिर पुनले जानकारी गराउनु भयो ।
प्रतियोगितामा सहभागि हुनको लागि रुपन्देही जिल्लाका खेलाडीलाई ३ हजार रुपैंयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । त्यस्तै रुपन्देहीका विद्यार्थीलाई २ हजार रुपैंयाँ, रुपन्देही बाहेककालाई ७ हजार रुपैंयाँ र नेपाल बाहिरका खेलाडीलाई १० हजार रुपैंयाँ दर्ता शुल्क निर्धारण गरिएको प्रतियोगिताका संयोजक तथा नेपाल बुद्धिचाल संघका सल्लाहकार माधवप्रसाद प्रधानले जानकारी गराउनु भयो ।

नेपालमै अहिलेसम्मकै अत्यधिक राशी पुरस्कार रहेको यो प्रतियोगितामा क्याटागोरी अनुसार ५१ जना सहित ७१ जनालाई पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख रुपैंयाँ नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै द्वित्तीय हुनेलाई १ लाख १० हजार रुपैंयाँ, तृतीय हुनेलाई ६० हजार, चौथो हुनेलाई ४० हजार, पाँचौं हुनेलाई ३० हजार रुपैंयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तैगरी छैठौंदेखि दशौंसम्म आउनेलाई २० हजार, एघारौंदेखि १५ औंसम्म आउनेलाई १५ हजार र १६ औं देखि २० औं स्थानसम्म आउनेलाई १३ हजार रुपैंयाँ नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक हरिष ढकालले जानकारी गराउनु भयो ।

त्यस्तैगरी विधागत रुपमा २० वटा विधामा खेल खेलाईने छ । विधागत रुपमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो । विधागत रुपमा २० जनालाई ५१ हजार देखि १० हजार रुपैंयाँ सम्म पुरस्कार प्रदान गरिने छ । यो प्रतियोगितामा कुल १० लाख १ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्नको लागि करिव ४६ लाख रुपैंयाँ लाग्ने अनुमान गरिएको छ । जसको लागि बुटवल उपमहानगरपालिकाले १५ लाख रुपैंयाँ प्रदान गरेको छ भने १५ लाख रुपैंयाँ खेलाडी दर्ताबाट संकलन हुने र बाँकी रकम प्रयोजक तथा सहयोग संकलन गरी प्रतियोगिता सम्पन्न गरिने अध्यक्ष पुनले बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले बुटवललाई खेलकुदको हवको रुपमा विकास गर्न खेलकुदका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय लगानी गरेको बताउनु भयो । उहाँले यो प्रतियोगिताले खेलाडी उत्पादनसंगै खेल पर्यटनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

≪ Previous Post

लागु औषध सहित रुपन्देहीमा २ जना पक्राउ

Next Post ≫

ड्रिम युनिक रूपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क