भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको ओमसतिया गाउँपालिका वडा नं. ४ रोहिणी पुलबाट प्रहरीले लागु औषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
लागु औषध खैरो हिरोईनको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलहिया तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं २ वस्ने वर्ष २० को अजित हरिजन र सोही ठाउं बस्ने वर्ष १९ को काजु चमारलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ तौल गर्दा ४० ग्राम ९०० मिलिग्राम सहित जिल्ला अदालत रुपन्देहीमा पेश गरेकोमा आदालतबाट ७ दिनको म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धान कार्य भईरहेको जनाएको छ ।
लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कासूरको मात्रा हेरी १० बर्ष देखि १५ बर्ष सम्म कैद र ७५ हजार देखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।
