Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रूपन्देही सुपरलिग : तिरुपति ६५ रनले विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रूपन्देही सुपरलिग : तिरुपति ६५ रनले विजयी

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0
ड्रिम युनिक रूपन्देही सुपरलिग : तिरुपति ६५ रनले विजयी
90
SHARES
ShareTweet

भैरहवा । ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा तिरुपति क्रिकेट क्लब विजयी भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा तिरुपतिले सैनामैना क्रिकेट क्लबलाई ६५ रनले पराजित गर्दै विजयी भएको हो ।
टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा २ सय ३० रनको बलियो स्कोर खडा गर्यो । उसका लागि एजाजुल हकले ६४ रनको अर्धशतकीय पारी खेले भने आकाश त्रिपाठीले ३५, कमल विकले ३०, सन्दिप मौर्यले २५, रुपेश कुर्मीले अविजित १८, सुभाष खत्रीले १६ र आनन्द गौडले १४ रनको योगदान दिए । बलिङमा सैनामैनाका गणेश गौतमले ४, दिलसद अली र सुनिल पौडेलले २–२ तथा गोपाल शर्मा र प्रदिप सुवेदीले समान १–१ विकेट लिए ।
प्रतिउत्तरमा सैनामैना ४२ ओभर ३ बलमा १ सय ६५ रन जोड्दा अलआउट भयो र हार व्यहोर्यो । उसलाई उक्त स्कोरमा रोक्न बलिङमा तिरुपतिका सन्दिप मौर्यले ३, रोहित थापा, सुभाष खत्री र रुपेश कुर्मीले समान २–२ तथा तुलबहादुर थापाले १ विकेट हात पारे । सैनामैनाका निश्चल क्षेत्रीले ४०, सुजन क्षेत्रीले २६, गणेश घिमिरेले २१, गणेश गौतमले १२, गणेश पौडेलले ११ र विक्रम गौतमले १० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । खेलमा तिरुपतिका एजाजुल हक म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदीयमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

≪ Previous Post

कपिलवस्तु महाराजगन्ज नगरपालिका २ का वडा अध्यक्ष अख्तियारको नियन्त्रणमा

Next Post ≫

लागु औषध सहित रुपन्देहीमा २ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क