Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रूपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रूपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · २२ चैत्र २०८० · 0
ड्रिम युनिक रूपन्देही सुपरलिग : सैनामैना क्रिकेट क्लब विजयी
90
SHARES
ShareTweet

भैरहवा । भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । बुधबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा सैनामैनाले बुटवल–११ लाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ३६ रनको सामान्य योगफल बनायो । उसका लागि प्रमिश अर्यालले २८, मनिष न्यौपाने र विभेष खातीले १८–१८ तथा विवेक शर्माले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा सैनामैनाका गोपाल पौडेलले ४, सुनिल सुनिल पौडेल र दिलसाद अलीले २–२ तथा गणेश गौतम र प्रदीप सुवेदीले समान १–१ विकेट लिए

जवाफी ब्याटिङ गरेको सैनामैना ३२ ओभर २ बलमा ६ विकेटको नोक्सानीमा १ सय ३९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विक्रम गौतमले अविजित ४८, सुनिल पौडेलले नटआउट २५, दिलसाद अलीले २२ तथा सुजन क्षेत्रीले १० रनको योगदान दिए । बलिङमा बुटवल–११ का तौसिफ आलमले ४, एजाज अहम्मद र मञ्जिल भण्डारीले समान १–१ विकेट लिए । खेलमा सैनामैनाका गोपाल पौडेल म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

≪ Previous Post

बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी

Next Post ≫

लुम्बिनी प्रदेशमा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क