Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रूपन्देही सुपरलिगः मिर्नाल गुरुङको शतकको मद्दतले वेष्टर्न विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रूपन्देही सुपरलिगः मिर्नाल गुरुङको शतकको मद्दतले वेष्टर्न विजयी

संसारपोस्ट संवाददाता · १८ चैत्र २०८० · 0
ड्रिम युनिक रूपन्देही सुपरलिगः मिर्नाल गुरुङको शतकको मद्दतले वेष्टर्न विजयी
100
SHARES
ShareTweet

भैरहवा । मिर्नाल गुरुङको शतक, रञ्जित खड्का र भुवन पाण्डेको अर्धशतकको मद्दतमा भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपरलिग’ एक दिवसीय क्रिकेट प्रतियोगिता वेष्टर्न क्रिकेट क्लबले शानदार जित निकालेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा वेष्टर्नले बुटवल–११ लाई १ सय ८८ रनको फराकिलो अन्तरले हराउँदै शानदार जित हात पारेको हो ।
टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ५२ रनको उच्च योगफल बनायो । उसका लागि १ सय २८ बलको सामना गरेका मिर्नाल गुरुङले उत्कृष्ट इंनिङ खेल्दै १२ चौकाको मद्दतमा १ सय १६ रनको शतकीय पारी खेले । यस्तै, रञ्जित खड्काले ८१, भुवन पाण्डेले ५५, सुमित श्रेष्ठ र अभिषेक गौतमले १८–१८ तथा दिनेश अधिकारीले १५ रन जोडे । बलिङमा बुटवल–११ का विवेश खाती र तौसिफ आलमले ३–३ तथा एजाज अहम्मद र अशोक पौडेलले समान १–१ विकेट लिए ।

जवाफमा उच्च योगफलको लक्ष्य पछ्याएको बुटवल ४० ओभर ५ बलमा १ सय ६५ रन बनाउँदै अलआउट भयो । उसलाई न्युन योगफलमा रोक्न वेष्टर्नका सुमित श्रेष्ठले ४, विष्णु पाण्डेले ३ तथा दिनेश अधिकारी, सन्देश थापा र सुप्रिम कँडेलले समान १–१ विकेट लिए । बुटवल–११ का विवेश खातीले अविजित ४५ रन जोड्दा विवेक शर्माले ३६, मनिष न्यौपानेले २४ र अशोक पौडेलले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिमले हार व्यहोर्यो । खेलमा शतक प्रहार गरेका वेष्टर्नका मिर्नाल गुरुङ प्लेयर अफ द म्याच भए । उनले एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

 

≪ Previous Post

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा खरेल समूहको प्यानलै विजयी

Next Post ≫

कपिलवस्तु महाराजगन्ज नगरपालिका २ का वडा अध्यक्ष अख्तियारको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क