बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को नयाँ नेतृत्वमा वर्तमान अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल नै विजयी भएको छ । प्रा.लि.को चौथो साधारणसभा तथा दोस्रो अधिवेशन अन्तर्गत आगामी ४ वर्षको नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार खरेल १४३६ मतसहित विजयी हुनुभएको हो ।
शनिबार बेलुकी साढे ९ बजे सकिएको मतगणनामा खरेल नेतृत्वको पुरै प्यानल विजयी भएको हो । नेतृत्वका लागि खरेलसहितको एउटा प्यानल र पदमराज गाहा नेतृत्वको अर्को प्यानल चुनावी प्रतिष्पर्धामा थिए ।
यसैगरी सञ्चालक समितिको सदस्यहरुमा खरेल प्यानलकै रामचन्द्र खड्काले १२८३, जितेन्द्र खत्री १३३१, नारायण प्रसाद भण्डारी १२५१, नारायण प्रसाद घिमिरे १२६३, गोपाल बहादुर पौडेल १३८६, चेत नारायण बेल्वासे (गोली नारायण) १३२६, रामचन्द्र भुसाल १४६७, सुरेन्द्र श्रेष्ठ १३८४, मोहन पिएस १४४० र जीवन कुमार बन्जाडे १३४७ मतसहित विजयी हुनुभएको छ ।
बुटवल उपमहानगर वडा नम्बर ७ का अध्यक्ष समेत रहेका पदम बहादुर गाहाले नेतृत्व गरेको प्यानल पराजित भएको छ । गाहाले ६५९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै समितिको रुट संयोजकतर्फ पनि खरेल प्यानलकै उम्मेदवार विजयी भएका छन् । रुट नम्बर १ मा जीवन रेग्मी, २ मा विधानराज श्रेष्ठ, ३ मा बिजय कुमार तिवारी, ८ मा सागर पिएस र १६ मा लिलाधर खनाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
रुट नम्बर ४ मा थमन बहादुर बस्नेत (कपिल) २५ मत, रुट नम्बर ५ मा कमल बहादुर क्षेत्री ४८ मत, रुट नम्बर ६ मा रामभगत चौधरी ७२ मत, ७ मा शंकर ज्ञवाली (प्रकाश) ७०, ९ मा हिमाल श्रेष्ठ १०० मत, १० मा युवराज नेपाल ७० मत, ११ मा सुर्यप्रकाश ढुङ्गाना ६४ मत, रुट नम्बर १२ मा मन बहादुर पौडेल १०० मत, रुट नम्बर १३ मा टेकराज भट्टराई (रामु) ८१ मत, १४ मा डोरनाथ ढकाल ८० मत र १५ मा प्रकाश बन्जाडे १४१ मतसहित विजयी भएको निर्वाचन समिति संयोजक रामराज पोखरेलले जानकारी दिनुभयो ।
