Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि तयार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि तयार

संसारपोस्ट संवाददाता · १६ चैत्र २०८० · 0
व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि तयार
80
SHARES
ShareTweet
बुटवल ।  रुपन्दहीका व्यवसायिक संघसंस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि सहमत भएका छन् । व्यवसायिक वातावरण सुधारको लागि सामुहिक पैरवी गर्दा त्यसको प्रभाव पर्ने निश्कर्ष सहित सामुहिक पैरवीको लागि तयार भएका हुन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र एकाउन्टिविलिटी ल्यावको संहकार्यमा शुक्रबार भएको व्यवसायिक क्षेत्र विकासमा निजी क्षेत्रको पैरवी विषयक कार्यशाला गोष्ठीमा सहभागि जिल्लाका व्यवसायिक संघसंस्थाका प्रमुखहरुले सामुहिक पैरवीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
त्यसको लागि निजी क्षेत्र र स्थानीय सरकार बिच व्यवसायिक नीति संवाद मञ्चको स्थापना गर्ने र भईरहेको व्यवसाय स्थानान्तरणलाई व्यवस्थापन गर्न सामुहिक पहल गर्ने विषयमा सबै व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सहमत भएको बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराउनु भयो ।
गोष्ठीमा व्यसायिक निजी संवाद मञ्चको संरचना तथा अवधारणा बारे छलफल भएको थियो । व्यवसायिक वातावरण सुधार गर्नको लागि सबै व्यवसायिक संस्थाले साझा मागपत्र दिने समेत निर्णय भएको छ ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले फरक फरक व्यवसायिक संस्थाका एजेण्डा मिल्न सक्छन् र मिल्ने एजेण्डामा सामुहिक पैरवी गर्दा त्यो प्रभावकारी पनि हुन सक्ने बताउँदै मिल्ने एजेण्डामा सामुहिक पैरवी आवश्यक रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक मदनकुमार कार्की, रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी, सिद्धार्थ उद्योग वाणिज्य संघकी प्रमुख कार्यकारी अधिकृत कमला बस्नेत, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराई, रुपन्देहीकी सचिव पूर्णिमा अधिकारी, सैनामैना उद्योग वाणिज्य संघका कार्यालय प्रमुख रविन गौतमले आफ्ना आफ्ना संघले गरेका पैरवीले पारेका प्रभावको बारेमा जानकारी गराउँदै सामुहिक पैरवीले अझै राम्रो गर्न सकिने भनाई राख्नुभएको थियो ।
यी व्यवसायिक संघसंस्थाहरुले विशेष गरेर व्यवसायिक प्रवद्र्धन, व्यवसायीलाई संरक्षण, उनीहरुको हकहित, नीतिगन रुपमा पैरवी तथा सामाजिक कृयाकलाप समेत गर्दै आएका छन् । तथ्यमा आधारित भएर सामुहिक रुपमा गरिने पैरवीले परिणाम पनि प्राप्त हुने एकाउन्टिविलिटी ल्यावका राजु शर्माले बताउनु भयो । उहाँका अनुसार तथ्यका आधारमा गरिने पैरवीमा तथ्य प्रमाण, अनुसन्धान र विश्लेषणको समेत प्रयोग हुने भएकाले त्यसलाई नकार्न सकिँदैन ।
सरोकारवालासंग बहस गरेर संस्थागत नीति निर्माण, पत्रपत्रिका लगायतका सञ्चार माध्यममा पब्लिसिटी गर्ने तथा पैरवी गर्दा प्रभावकारी प्रस्तुती आवश्यक हुने उहाँले बताउनु भयो । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, सचिव प्रतिक पोखरेल लगायतले व्यवसायिक संघसंस्थाहरुमा हुने बहस, छलफल तथा पैरवी कर घटाउनेमा मात्रै केन्द्रित हुन थालेको औंल्याउँदै बहस, छलफल तथा पैरवीलाई व्यापार बढाउनेमा केन्द्रित गर्नुपर्ने भनाई राख्नुभएको थियो । त्यस्तै जग्गाको मुल्यांकन वार्षिक १० प्रतिशत अटोमेटिक बढ्ने प्रावधानले सबैलाई मर्का परेको भन्दै त्यसलाई पनि बहसको विषय बनाउनु पर्ने उनीहरुको भनाई छ ।
≪ Previous Post

भैरहवाको 'सिद्धार्थ भिलासा'लाई 'पाँच तारे होटल'को मान्यता

Next Post ≫

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा खरेल समूहको प्यानलै विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क