Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

संसारपोस्ट संवाददाता · १६ चैत्र २०८० · 0
भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता
70
SHARES
ShareTweet

 भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले  सन्चालन्मा ल्याएको भैरहवाको  ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो ।

पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागले भनेको छ ।करिब ५ बिगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र  ७७ एक्जुकेटिभ डिलक्स  गरि  ८५ वटा रुम रहेका छन्  ।

होटलमा साना ठूला गरी  पाँच वटा कन्फ्रेरेन्स हल र पाँच वटै रेस्टुरेन्ट आउटलेट रहेका छन् । होटलमा पन्ध्र सय जना क्षमताको ब्याङ्क्वेट हल रहेको छ जुन नेपालकै ठूलो ब्याङ्क्वेट हल भएको सिध्दार्थ हस्पिटालिटीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

स्थापनाको छोटो समयमै ‘डेस्टिनेसन वेडिङ’ र अन्य पर्यटक गरि त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको र लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरु बिच लोकप्रिय भैरहेको यो होटलले पाँच तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको न्यौपानेले बताए ।

होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेल्नेस सुबिधा उपलब्ध छन् । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पस्चात झण्डै ५ सय जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताए । नेपालकै उत्कृष्ट क्यासीनो सन्चालन गर्न सकिने गरी क्यासीनोको लागी संरचना समेत निर्माण भैसकेको छ ।

यस्तै  यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस होटलले ठूलो भुमिका निर्वाह गर्ने  कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।

सिद्धार्थ ग्रुपको आगामी योजना:
सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ ।

अगामी वर्ष कैलालीको धनगढी, र तनहुँको दमौलीमा नयाँ होटल र रुपन्देहीको योगीकुटिमा ब्याङ्क्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ ।

त्यस्तै आगामी वर्ष भित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारेमा स्तरउन्नति गर्ने योजना अनुरुप काम भइरहेको न्यौपानेले जानकारी दिए ।

≪ Previous Post

नेपाली काँग्रेस अब कसैसंग टासिएर चुनाव लड्दैन : गगन थापा

Next Post ≫

व्यवसायिक संस्थाका कार्यालय प्रमुखहरु सामुहिक पैरवीको लागि तयार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क