Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाली काँग्रेस अब कसैसंग टासिएर चुनाव लड्दैन : गगन थापा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेस अब कसैसंग टासिएर चुनाव लड्दैन : गगन थापा

संसारपोस्ट संवाददाता · १६ चैत्र २०८० · 0
नेपाली काँग्रेस अब कसैसंग टासिएर चुनाव लड्दैन : गगन थापा
100
SHARES
ShareTweet

भैरहवा ।  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसंग चुनावी सहकार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उहाँले चुनाव हारिएलाकी भनेर चुनाव अगाडि नै कुनैपनि दलसंग चुनावी एकता गर्ने बताउनु भएको हो ।
समुदायमा काँग्रेस अभियान अन्तरगत बिहिबार रुपन्देहीको क्षेत्र नं. १ रोहिणी गाउँपालिकाको धकधईमा भएको संवाद यात्रालाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो–‘हामीबाट विगतमा केही गल्ती पनि भएका छन्, त्यसलाई सुधार गर्ने हो, गल्ती भयो भनेर माफी माग्ने हो, पार्टीलाई सुधार गर्न सकिन्छ, चुनाव हारिएला तर अब कसैसंग टासिंएर चुनाव लड्दैनौं ।’
उहाँले विगतमा कसैसंग मिलेर चुनाव नलडेको भए अहिले देशमा काँग्रेस र कम्युनिष्ट पार्टी मात्रै बाँकी रहने र साना दलको पसल बन्द भईसक्ने बताउँदै त्यसो हुँदा मुलुक पनि सकारात्मक दिशामा अगाडि बढ्ने बताउँदै अव काँग्रेसले त्यो गल्ती नदोहोर्याउने भनाई राख्नुभयो । उहाँले माओवादीतिर लक्षित गर्दै कहिले काँग्रेसलाई देखाएर र कहिले एमालेलाई देखाएर साना दलले बार्गेनिङ गरिरहेको बताउँदै त्यो खेल अब समाप्त भएको बताउनु भयो ।
प्रतिनीधि सभाका सदस्य समेत रहनु भएका काँग्रेस महामन्त्री थापाको हुलाकी मार्ग केन्द्रीत संवाद यात्राको दोस्रो चरणको कार्यक्रम आजैदेखि नवलपरासीबाट सुरु भएको हो । नवलपरासीबाट दिउँसो रुपन्देही आउनु भएका थापाले धकधईमा स्थानीयसंग सुझाव संकलन गर्नुभएको छ भने भैरहवामा सिद्धार्थनगर उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसंग उनीहरुका समस्या लगायतका विषयमा सुझाव लिनु भएको छ । त्यस्तै पार्टीका नेताहरुसंग भैरहवा स्थित पार्टी कार्यालय कार्यक्रम भएको छ ।
महामन्त्री थापाको टोलीमा रहनुभएका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री युवराज पाण्डेका अनुसार भोली शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रिया हुनेछ । त्यसपछि दिउँसो कपिलबस्तु जाने कार्यक्रम रहेको छ ।

≪ Previous Post

रुपन्देहीका उद्योगी–व्यवसायीको सांसद थापासंग आग्रह : गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवाज उठाइदिनुहोस्

Next Post ≫

भैरहवाको 'सिद्धार्थ भिलासा'लाई 'पाँच तारे होटल'को मान्यता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क