Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीका उद्योगी–व्यवसायीको सांसद थापासंग आग्रह : गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवाज उठाइदिनुहोस्
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका उद्योगी–व्यवसायीको सांसद थापासंग आग्रह : गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवाज उठाइदिनुहोस्

संसारपोस्ट संवाददाता · १६ चैत्र २०८० · 0
रुपन्देहीका उद्योगी–व्यवसायीको सांसद थापासंग आग्रह : गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवाज उठाइदिनुहोस्
120
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रका उद्योगी–व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालनका लागि संसद्मा आवाज उठाउन नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापासँग आग्रह गरेका छन् ।
विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालन नहुँदा यस क्षेत्रका आम ब्यवसायीहरु निकै पीडामा गुज्रिरहेको गुनासो गर्दै उनीहरुले विमानस्थल सञ्चालनका लागि संसद्मा आवाज उठाउन र सम्बन्धित निकायमा पहल गरिदिन कांग्रेस महामन्त्री थापासँग आग्रह गरेका हुन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले पूर्व स्वास्थ्यमन्त्री तथा संघीय सांसद थापाको सम्मानमा बिहीबार भैरहवामा आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीहरुले ब्यवसायिक क्षेत्रले भोग्नु परेका समस्या संगै विमानस्थल संचालनका लागि यस्तो आग्रह गरेका हुन् ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन नहुँदा यस क्षेत्रका आम उद्योगी–व्यवसायी अत्यन्तै पीडामा गुज्रिरहेको बताउनु भयो । उहांले अबको संसद बैठकमा यो विषय उठाउन र सम्बन्धित निकायमा पहल गरिदिनहुन सांसद थापासंग आग्रह गर्नुभयो ।
उद्योग–व्यवसाय कहालीलाग्दो अवस्थामा पुगेको छ, उहांले भन्नुभयो–‘नदीजन्य पदार्थको निकास बन्द रहेकोले त्यसलाई खोल्नुपर्ने, विशेष आर्थिक क्षेत्र (सेज) मा विभिन्न समस्या रहेकोले ती समस्या समाधान हुनुपर्ने, ट्रंकलाईन र डेडिकेटेड लाईनको नाममा नेपाल विद्युत प्राधिकरणले उद्योगीलाई अत्यन्तै पीडा दिएको छ, यस्तो विषम परिस्थितिमा उद्योगी–व्यवसायीलाई चित्त बुझाउने बजेट आउने गरी पहलका लागि म सांसद थापासंग आग्रह गर्दछु ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले मुलुकको आर्थिक समस्या किन समाधान हुन नसकेको भन्ने प्रश्न गर्नुभयो । महासंघका केन्द्रीय सदस्य भीष्म न्यौपानेले नेपाललाई शिक्षा र स्वास्थ्यको हब बनाउन सकिने भएपनि राज्यको ध्यान जान नसकेको बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपाली कांग्रेससँग निजी क्षेत्रले धेरै आशा गरेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि चलाउनुपर्ने र यो आफूहरुको प्रमुख माग रहेको बताउनुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हसंराज पाण्डेयले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नु प्रमुख समस्या भएको बताउनुभयो । उहांले आकर्षणका प्याकेज दिए पनि एअरलाइन्सहरु नआएकाले अब अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई भैरहवामै डेरा नभइ घर बनाइदिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा संघका कार्यसमिति सदस्य अर्जुन कार्कीले विदेशिने नेपाली युवाको संख्या दिनप्रतिदिन बढ्दै गएको र युवाहरुलाई स्वदेशमै रोक्ने योजना के छन् भन्दै सांसद थापासंग प्रश्न गर्नुभयो । उद्योगी बसन्त रोका क्षेत्रीले नेपालको विभिन्न नीतिले उद्योगी मारमा परेकाले नीतिमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
उद्योगी चन्द्रमान श्रेष्ठले राज्यले बनाउने नियम कानून राज्यका निकायले पालना गर्नुपर्ने भन्दै २२ वटा उद्योगले ट्रंकलाईन र डेडिकेटेड लाईनका लागि निवेदन नदिए पनि नेपाल विद्युत प्राधिकरणले उद्योगी–व्यवसायीलाई पीडा दिएको बताउनुभयो । व्यवसायी सन्तोष कुमार वर्माले धेरै भन्दा धेरै पर्यटक नेपाल ल्याउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
व्यवसायी गोपाल भण्डारीले कोभिडपछि उद्योग व्यवसाय बैंक तथा वित्तीय संस्थाका कारण धरासायी भएको बताउनु भयो । व्यवसायी रवि कुमार रौनियारले करदातालाई विभिन्न बहानामा आतंकित बनाइएको र उपप्राध्यापक डा. रमा पौडेलले गरीबी घटाउन कृषि र कृषिसँग सम्बन्धित उद्योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले पर्यटकलाई सीमा क्षेत्रमै हैरानी गरे पर्यटनको विकास कसरी हुन्छ भन्ने प्रश्न गर्नुभयो । उद्योगी ब्रिजेश अग्रवालले यस क्षेत्रका २५ प्रतिशत उद्योग भन्दा वढि उद्योग बन्द हुने अवस्थामा पुगेकोले उद्योगलाई आवश्यक कच्चा पदार्थमा ५ प्रतिशत मात्र भन्सार लिनुपर्ने बताउनु भयो । व्यवसायी संजय कुमार गुप्ताले जनताको लागि सरकारले काम गर्नुपर्ने बताउनु भयो । उद्योगी विकास गोयनकाले देशमा तथ्यांक संकलन गर्दा नै त्रुटी भएको बताउनु भयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैको साझा विषय : थापा
कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अरबौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैको साझा विषय भएको बताउनुभयो । उहांले यो पूर्वाधारको सदुपयोग गर्न नसके हामी सबैले घाटा व्यहोर्नुपर्ने बताउदै पूर्वाधारको प्रयोग गरिएन वा जानिएन भने नयाँ पूर्वाधार बनाउन आँट नआउने बताउनु भयो ।
सांसद थापाले विमानस्थल चल्नुपर्छ भनेर मात्र कुने अर्थ नहुने भन्दै आफूले यसबारे थप अध्ययन गरेर संसदीय समितिका सदस्यहरुसँग कुराकानी गर्ने बताउनु भयो । उहांले गौतमबुद्ध विमानस्थलबारे भैरहवा भएको छलफललाई अब काठमाडौंमा लैजानुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा सिद्धार्थ नगर उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को क्यालेण्डर विमोचन गरिएको थियो । सांसद तथा पूर्वमन्त्री गगन कुमार थापाले क्यालेण्डरको विमोचन गर्नुभएको संघका कार्यसमिति सदस्य प्रमोद रिजालले जानकारी गराउनुभयो ।

≪ Previous Post

आजदेखी एसइइ परिक्षा, पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी

Next Post ≫

नेपाली काँग्रेस अब कसैसंग टासिएर चुनाव लड्दैन : गगन थापा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क