Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमा स्थित पशुपति कलेजमा नयाँ नेतृत्व चयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा स्थित पशुपति कलेजमा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १० चैत्र २०८० · 0
तिलोत्तमा स्थित पशुपति कलेजमा नयाँ नेतृत्व चयन
70
SHARES
ShareTweet

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको पशुपति कलेजमा नयाँ नेतृत्व चयन भएको छ । चैत १० गते भएको कलेजको दोस्रो अधिवेशनबाट लिला बल्लभ गैरेको अध्यक्षतामा नयाँ समिति बनेको हो । उपाध्यक्षमा कृष्णराज कार्की, सदस्यमा कमलप्रसाद बस्याल, खिनु गुरुङ, ध्रुबकुमार पन्थी, संगिता श्रेष्ठ, दिपक गैरे, ध्रुबराज कोइराला र पिताम्बर चापागाईं निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत ताराप्रसाद छन्तेलले जानकारी दिनुभयो ।

निर्वाचन पश्चात् अध्यक्ष लिलाबल्लभ गैरेले सामुदायिक कलेज भएकोले सञ्चालक समितिले मात्रै केही गर्न नसक्ने बताउँदै प्राध्यापक र स्थानीयहरूको साथ सहयोग र सल्लाह अनुसार अगाडि बढ्ने बताउनुभयो ।

कलेजको दोस्रो अधिवेशन तथा चौथो कलेज सभाको उद्घाटन सत्रमा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले तिलोत्तमाको दक्षिणी क्षेत्रमा रहेको कलेज संरक्षण गर्न नगरपालिका सधै सकरात्मक रहेको बताउँदै कार्यक्रम योजनाहरू पेसगरे नगरपालिकाले सक्ने र मिल्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्याम्पस प्रमुख जितबहादुर राजकोटीले सामुदायिक कलेज भएकोले स्थानीय, समाजसेवी, शिक्षा प्रेमीको सहयोगले क्याम्पस अगाडि बढ्ने बताउनुभयो । पशुपति कलेज २०६२ सालमा स्थानीय बुद्धिजीवी र शिक्षा प्रेमीहरूले स्थापना गरेको कलेज हो ।

≪ Previous Post

इक्यान रुपन्देहीद्वारा शैक्षिक परामर्श कार्यशाला गोष्ठी

Next Post ≫

खड्गप्रसाद गौचन अन्डर–१९ क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा बोस्टन विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क