Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दर्ताबिनै संचालनमा रहेका ट्राभल एजेन्सी जरिवानासहित कारबाहीमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दर्ताबिनै संचालनमा रहेका ट्राभल एजेन्सी जरिवानासहित कारबाहीमा

संसारपोस्ट संवाददाता · ९ चैत्र २०८० · 0
दर्ताबिनै संचालनमा रहेका ट्राभल एजेन्सी जरिवानासहित कारबाहीमा
70
SHARES
ShareTweet

भैरहवा । रुपन्देहीको सीमा क्षेत्रमा दर्ताबिनै संचालनमा रहेका ट्राभल एजेन्सीहरुलाई जिल्ला अनुगमन समितिले जरिवानासहित कारबाही गरेको छ । सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा इजाजतपत्र विना संचालनमा रहेका तीनवटा ट्राभल एजेन्सीलाई कारबाही गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।
शुक्रबार सिद्धार्थनगरमा रहेका १६ वटा ट्राभलहरुको अनुगमन गरेको समितिले कुनै पनि सरकारी निकायबाट दर्ता इजाजतपत्र नलिई बेलहियामा संचालनमा रहेको ग्रिन ल्याण्ड टुर्स प्रा.लि., सी एण्ड के ट्राभल र ओम ट्रयूली नेपाल ट्राभल्स एण्ड टुर्सलाई जरिवानासहित कारबाही गरेको हो । यी तीनवटै ट्राभल एजेन्सीलाई कारबाही स्वरुप जनही २० हजारका दरले जरिवाना तिराइएको छ ।
प्रदेश पर्यटन ऐन, २०७६ तथा नियमावली, २०७९ को परिच्छेद ३ को दफा ११ मा ट्राभल एजेन्सी वा ट्रेकिङ एजेन्सी खोल्नुपूर्व अनुमति लिनुपर्ने व्यवस्था छ । यदि अनुमति विनै संचालनमा ल्याए २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर दर्ताविनै संचालनमा रहेका ट्राभल एजेन्सीलाई जरिवानासहित कारबाही गरिएको हो ।
उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ट) ले जिल्ला प्रशसनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले अहिले बजारमा आर्थिक सिथिलता देखिएको र व्यवसायी समस्या परेकाले उपभोक्त हित संरक्षण ऐनअनुसार कारबाही नगरी प्रदेश पर्यटन ऐन अनुसार जरिवाना गरिएको जानकारी गराउनुभयो । ‘हामीले तीनवटा ट्राभललाई तत्काल बन्द गर्न लगाई सबै निकायबाट इजाजत लिएपछि मात्रै संचालन गर्न निर्देशन गरेका छौं’, अर्यालले भन्नुभयो–‘दर्ता भए–भएनन् भन्नेबारे पुनः अनुगमन गर्नेछौं ।’
पर्यटन डिभिजन कार्यालय, रुपन्देही प्रमुख गीता आचार्यले अनुगमनका क्रममा केही दर्ताबिना र अधिकांश ट्राभल नविकरणबिनै संचालन गरेको पाइएको जानकारी दिनुभयो । त्यस्ता ट्राभल एजेन्सीलाई चैत्र मसान्तभित्रै नविकरण गरी जिल्ला प्रशासन वा पर्यटन डिभिजन कार्यालयमा जानकारी गराउन भनिएको छ । नविकरण गर्न निर्देशन दिइएका ट्राभलको रेकर्ड राखिएकाले बैशखमा पुनः अनुगमन गरी वास्तविकता बुझ्ने आचार्यले बताउनुभयो ।
‘सीमा क्षेत्रमा ट्राभल खोल्ने तर सरकारी निकायबाट इजाजत नलिने गरेकाबारे गुनासाहरु आएका थिए’, आचार्यले भन्नुभयो–‘त्यस्ता ट्राभलले एकातर्फ दर्ताविनै काम गर्दा जिम्मेवारीलाई ध्यान दिँदैनन् भने पर्यटक लगायत अन्य व्यक्ति ठग्न सक्छन्, यसैले हामीले अनुगमनलाई कडाई गरेका छौं ।’ उहांले दर्ता तथा नविकरण गरेर कानूनको अधिनमा रही व्यवसाय गर्ने सबैलाई सरकारले संरक्षण गर्ने तर गैरकानूनी तरिकाबाट संचालितलाई कारबाही गरिने जनाउनु भयो ।
अनुगमनमा जिल्ला प्रशासन र पर्यटन डिभिजन कार्यालयसँगै लुम्बिनी प्रदेशको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, सिद्धार्थनगर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मंच, रुपन्देहीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

≪ Previous Post

ड्रिम युनिक रूपन्देही सुपरलिग : प्रोफेशनल मास्टर्स दुई रनले विजयी

Next Post ≫

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्र)का उपाध्यक्ष महरा जमानीमा रिहा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क