भैरहवा । समाजमा शान्ति सुरक्षा संगै चोरी तस्करी नियन्त्रण गर्ने कार्यलाई प्राथमिक्ता दिएको रुपन्देही प्रहरीले दिनहुं लाखौं मूल्यका अवैध सामान बरामद गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको २ लाख बढिको सामान नियन्त्रणमा लिएको छ ।
प्रहरीले अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको करिव २ लाख ४३ हजार ९५० बरावरको सामान नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहियामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज सिद्धार्थनगर नगरपालिका ६ गल्लामण्डीबाट ५ बोरा प्याज र तौल मेसिन थान १ बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका वडा नं.०५ तुनिहवाबाट प्याज १६ बोरा, मैदा ५० किलो र भेली २० के.जी. सामान बरामद गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले गैडहवा गाउँपालिका वडा नं. ७ नन्दनगर बस्ने सुरेन्दर केवटको पोल्ट्री फार्ममा शंका लागि चेकजाँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको जिउदो बोईलर कुखुरा ६० गोटा र वडा नं. ६ सुर्यपुरा बजार बस्ने सबिर मुसलमानले सञ्चालन गरेको सबिर मासु पसलमा बिल भरपाई नभएको जिउदो ब्रोइलर कुखुरा ३३ गोटा बरामद गरेको छ ।
प्रहरी चौकी हाटिबनगाईबाट खटिएको प्रहरी टोलीले मायाँदेवी गाउँपालिका वडा नं. ६ बाट टाउकोमा लगाउने तेल,साडी,सलाई,चक्लेट, निम, रायल हवन सामाग्री र रोयल सेवई लगायतका सामान बरामद गरेको छ भने प्रहरी चौकी गुलरियाबाट खटिएको प्रहरी टोलीले सम्मरीमाई गाउँपालिका ५ तरैनिनाकाबाट अबैध चोरी निकासी गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा बिभिन्न किसिमका औषधीहरु बरामद गरेको छ ।
यस्तै प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. ५ बरवाबाट जिउदो बोईलर कुखुरा ५६ गोटा बरामद गरेको छ ।
बिभिन्न मुद्धाका ६ जना फरार कसुरदार पक्राउ
रुपन्देही जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसलाले बिभिन्न मुद्धामा कैद तथा जरिवाना तोकिएर हालसम्म फरार भएका ६ जना कसुरदारलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल, प्रहरी चौकी मैनिहवा र प्रहरी चौकी मेउडीहवाबाट खटिएको प्रहरी टोलीले फरार कसुदारलाई पक्राउ आज रुपन्देही जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागी पेश गरिएको छ ।
मिति २०६८ साल चैत्र २५ गतेको फैसलाले सवारी ज्यान मुद्धामा १० दिन कैद र रु. २०० जरिवाना फैसला भएका बुटवल उप–महानगरपालिका वडा नं. ४ बस्ने राम प्रसाद नेपाली, २०७१ सालको फैसलाले ज्यान मार्ने उद्योग मुद्धामा ५ बर्ष ५ महिना ७ दिन कैद फैसला भएका बुटवल उप–महानगरपालिका वडा नं. ७ बस्ने बिष्णु गुरुङ र २०७८ साल असोज १८ गतेको फैसलाले अपहरण÷बन्धक मुद्धामा रु. २,००० जरिवाना फैसला भएका रोहिणी गाउँपालिका वडा नं. २ बस्ने अफाक खानलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै २०७४ साल पुष १९ गतेको फैसलाले सवारी ज्यान मुद्धामा रु.२,००० जरिवाना फैसला भएका रोहिणी गाउँपालिका वडा नं. २ बस्ने आजाद खाँ, २०७५ साल असार १ गतेको फैसलाले जवरजस्ती करणी मुद्धामा १ बर्ष कैद र रु.१०,००० जरिवाना फैसला भएका सिद्धार्थनगर नगरपालिका वडा नं. ११ बस्ने राम मिलन यादव र २०७८ साल असार १ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्धामा रु.२५ हजार ५०० जरिवाना फैसला भएका सिद्धार्थनगर नगरपालिका वडा नं. ११ बस्ने बिरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।