बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका ५ स्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसले आफ्नो ३२ औँ वार्षिकउत्सव मंगलबार मनाएको छ । वार्षिक उत्सवको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले बुटवललाई शैक्षिक हवका रुपमा विकास गर्न आफू लागिरहेको बताउनुभयो । पछिल्लो समय विद्यार्थीहरुको विदेश जाने लहरले क्याम्पसहरुमा विद्यार्थीको खडेरी लाग्नु चिन्ताको विषय भएको बताउँदै त्यसतर्फ सोच्नुपर्ने बेला आएको उहांको भनाई छ ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्रव खरेलले जिल्लाको शैक्षिक विकासमा आफूहरु जतिसुकै बेला पनि सहकार्य र छलफल गर्न तयार रहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले क्याम्पसलाई आवश्यक सहयोग गर्न पालिकाको साथ सधै रहने बताउनुभयो ।
क्याम्पस प्रमुख कृष्णप्रसाद शर्माले पछिल्लो समय विद्यार्थीहरु विदेशिने क्रम बढ्दा विद्यार्थीहरुको संख्यामा कमी आएको बताउँदै यसलाई राज्यले रोक्नुपर्नेमा जोड दिनुभयो । प्रमुख शर्माले वार्षिकउत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको जानकारी गराउनु भयो ।
वार्षिकोत्सवको अवसरमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन, क्याम्पसका पूर्व अध्यक्ष तथा कांग्रेस नेता स्व.सूर्यप्रसाद प्रधानको स्मृति सभाहलको नामाकरण र सेमिनार हल शुभारम्भ तथा नेपाल टप र तृतिय स्थान हासिल गर्ने बिद्यार्थी, अभिभावक, उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा बिभिन्न प्रतियोगितामा उत्कृष्ट बनेका बिद्यार्थीलाइ पुरस्कार वितरण तथा सम्मान गरिएको छ ।
वार्षिकउत्सव समारोहमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, बुटवल कालिका क्याम्पस प्रमुख घनश्याम पाठक, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्राध्यापक गोपाल चापागाइ, नेपाली काँग्रेसका प्रजापाल गिरि, एमालेका बाबुराम पन्थी, माओवादी केन्द्रका निर्मल कुमार जि सी, बिद्यार्थी संगठनहरुबाट महेश पौडेल, बिजय बोहोरा, डेबा भुसाल, उत्तम पोखरेल, संग्राम भ्यु थापा, गणेश हिताने लगायतले बोल्दै क्याम्पसलाइ नमुना बनाउन सबैको भूमिका आवश्यक रहने बताउनुभयो ।
सो अवसरमा दीर्घ सेवा प्रदान गरेका प्राध्यापक तथा संस्थापक प्राध्यापकहरु, कार्यरत प्राध्यापक, कर्मचारीहरु, एमफिल गरेका प्राध्यापकहरु, १० जना अक्षयकोष दाता, क्याम्पसका बिद्यार्थी संगठनहरुलाइ तथा अन्य सहयोगिलाइ समेत सम्मान पत्रले सम्मान गरिएको छ ।
पत्रकार ज्ञवाली सम्मानित

वार्षिकउतसव कार्यक्रमकै अवसरमा क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका बुद्ध सामुदायिक टेलिभिजनका समाचार प्रमुख पत्रकार कपिल ज्ञवालीलाइ क्याम्पसकोे शैक्षिक गुणस्तर एवं क्याम्पसको समग्र विकासमा सञ्चारको माध्यमबाट अतुलनिय योगदान गरेकोमा उच्च मूल्याङ्कन गर्दै दोसल्ला, तथा सम्मान पत्र प्रदान गरिएको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलले क्याम्पसलाई अहिले भएको ५ कठ्ठा जग्गा अभाव भएको बताउँदै बुटवल–१२ मा जग्गा व्यवस्थापन गरी नयाँ कार्यक्रम लागू गर्नको लागि पहल भइरहेको जानकारी गराउनु भयो । अक्षयकोषको स्थापना गरी विपन्न घरपरिवारका विद्यार्थीलाई सोही छात्रवृत्तिबाट पढाउने योजना रहेको उहांले बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति तथा बिद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत गरेर नाचगान गरेको सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनालले जानकारी गराउनु भयो । क्याम्पस संचालक समितिका उपाध्यक्ष कृष्णलाल जोशीको स्वागतमा भएको कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख रामनाथ उपाध्यायले गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एवं विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गर्न सफल सो क्याम्पसमा हाल स्नातक र स्नातकोत्तरमा १ हजार २ सय ८० र कक्षा ११ र १२ मा ४३५ विद्यार्थीहरु गरि कुल १ हजार ७ सय ७५ विद्यार्थी अध्ययनरत रहेका छन् । यस्तै ४४ जना प्रध्यापक र १४ जना कर्मचारी कार्यरत छन् । बिसं. २०४८ साल असोज २१ गते स्थापना भएको क्याम्पसमा हाल एमबिएस, एमएड, बिबिएस, बिएड तथा कक्षा ११ र १२ मा म्यानेजमेन्ट, एजुकेशन र हुमानिटिज संकायमा अध्ययन अध्यायपन हुँदै आएको छ ।