Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रुपन्देही सुपरलिगः देवदह विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रुपन्देही सुपरलिगः देवदह विजयी

संसारपोस्ट संवाददाता · ६ चैत्र २०८० · 0
ड्रिम युनिक रुपन्देही सुपरलिगः देवदह विजयी
60
SHARES
ShareTweet

भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट क्लबले बुद्ध क्रिकेट क्लबमाथि जित निकालेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा मंगलबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा देवदहले बुद्धमाथि ६ विकेटको जित हात पारेको हो ।

टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ४० ओभर २ बल खेल्दै १ सय ८२ रन जोड्दा अलआउट भयो । उसका लागि सलिम अलीले ४३, दीपक डुम्रेले ३९, सुरज गुरुङले ३०, सुरज पौडेलले २६ र कमल परियारले २५ रन बनाए । बलिङमा देवदहका सुरज खड्काले ४, रोशन गौतमले ३ तथा शिव ज्ञवाली, ध्रुव सोनार र अर्जुन रायमाझीले समान १-१ विकेट लिए ।

जवाफमा १ सय ८३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको देवदह ३३ ओभर ५ बलमा ४ विकेट गुमाउँदै १ सय ८६ रन बनायो र सहजै जित निकाल्यो । उसको जितमा धु्रव सोनारले अविजित ५९ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, रोशन गौतमले ३३, अर्जुन रायमाझीले २६, विक्की कार्कीले नटआउट २३ र संकेत भट्टराईले २२ रनको महत्वपूणर् योगदान दिए । बलिङमा बुद्धका कमल परियार, अमित अग्रहरी र सुरज पौडेलले समान १-१ विकेट हात पारे । देवदहका रोशन गौतम प्लेयर अफ द म्याच भए । उनले एक हजार दुई सय रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

≪ Previous Post

पूर्वसभामुख कृष्णबहादुर महरा नर्भिक अस्पतालमा भर्ना

Next Post ≫

सिद्धार्थ गौतमबुद्ध क्याम्पसको ३२ औँ वार्षिकउत्सव, प्रध्यापक, कर्मचारी, विद्यार्थी, दाता र पत्रकार सम्मानित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क