Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रुपन्देही सुपरलिगः सैनामैना क्रिकेट क्लब ६ विकेटले विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रुपन्देही सुपरलिगः सैनामैना क्रिकेट क्लब ६ विकेटले विजयी

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८० · 0
ड्रिम युनिक रुपन्देही सुपरलिगः सैनामैना क्रिकेट क्लब ६ विकेटले विजयी
100
SHARES
ShareTweet

भैरहवा । सैनामैना क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को सोमबारको खेलमा सहज जित निकालेको छ । उसले ज्ञानोदय क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै सहजै जित निकाल्न सफल भएको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा १० ओभर १ बलमै अलआउट हुँदै जम्मा ९८ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न सैनामैनाका गणेश गौतमले ६.१ ओभर बलिङ गर्दै १ मेर्डन राखेर २६ रन खर्चेर ६ विकेट लिए । यस्तै, सुनिल पौडेलले ३ तथा श्रीराम गैरेले १ विकेट लिन सफल भए । ज्ञानोदयका लागि भुवन गैरेले ३३, प्रतिक भट्टराईले १६ र मनिष पौडेलले १३ रन बनाए । उसका ५ खेलाडी शुन्य रनमै पेभेलियन फर्किंदा अन्य ३ खेलाडीले पनि दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिम सस्तैमा समेटियो ।
प्रतिउत्तरमा ९९ सय रनको सामान्य लक्ष्य पछ्याएको सैनामैनाले २३ ओभर २ बलमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य भेट्टायो । उसको जितमा सुनिल पौडेलले ३८, मनिष क्षेत्रीले अविजित २० तथा सुजन क्षेत्रीले १७ रनको योगदान दिए । बलिङमा ज्ञानोदयका आषिश अलीले २ तथा लक्ष्मण खत्री र मनिष पौडेलले समान १–१ विकेट लिए । मैनामैनाका गणेश गौतम म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।


रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

≪ Previous Post

माओवादी केन्द्रका उपाध्यक्ष महरा कपिलवस्तुबाट पक्राउ

Next Post ≫

बागलुङ बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो, घाइते २४ मध्ये अधिकांश सिकिस्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क