Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपतिका छोरा दिपेशलाई ८ दिन हिरासतमा राख्न अदालतको अनुमति
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपतिका छोरा दिपेशलाई ८ दिन हिरासतमा राख्न अदालतको अनुमति

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0
बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपतिका छोरा दिपेशलाई ८ दिन हिरासतमा राख्न अदालतको अनुमति
170
SHARES
ShareTweet

बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा ठगीको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुनलाई ८ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।
आइतबार रुपन्देही जिल्ला अदालतले पुनलाई ८ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले शुक्रबार साँझ काठमाडौँमा पक्राउ गरेको थियो । उनलाई प्रहरीले शुक्रबार राति नै बुटवल ल्याएको थियो । दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा हुन् । इलाका प्रहरी कार्यालय बुटवलले झन्डै एक महिनादेखि सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गरिरहेको छ ।

प्रहरील यसअघि नै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । उनीहरुको बयानका आधारमा पुनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताउनुभयो ।

सुप्रिम सहकारीले १० हजार ३ सय ९१ बचतकर्ताबाट १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपैयाँ संकलन गरेकामा ७८ करोड ५० लाख रुपैयाँ पदाधिकारीले नै अपचलन गरेको बचतकर्ताको उजुरी छ ।

≪ Previous Post

४ लाख बढिको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Next Post ≫

माओवादी केन्द्रका उपाध्यक्ष महरा कपिलवस्तुबाट पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क