Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ४ लाख बढिको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

४ लाख बढिको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0
४ लाख बढिको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
80
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ४ लाख बढिको सामान नियन्त्रणमा लिएको छ ।
प्रहरीले जिल्लाका बिभिन्न ठाउंमा चेकजाँचका क्रममा भारतवाट अवैधरुपमा नेपाल भित्राउंदै गरेको अवस्थामा रु ४ लाख २० हजार ३०० बरावरकोे सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाएको छ ।

प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नं.६ गल्लामण्डीमा बेवारिसे अवस्थामा रहेको थान कपडा १६० मिटर, साडी २० पिस, ब्रा ८१ दर्जन, लेडिज सर्ट ३३ पिस, लेडिज वन पिस टिसर्ट १५ पिस, नेटथान कपडा ३०० मिटर र चिनी ३ बोरा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ०१ बेलहियामा चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा सुट सेट कपडा १७ थान, बलाउज २० थान, बिभिन्न किसिमका बिस्कुट १४ दर्जन, साबुन, हरापत्ता सर्फ लगायत किराना सामाहरु बरामद गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ४ बनकसियाबाट बेवारिसे अवस्थामा रहेको सिमेन्टको पाता १२ फिटको २३ पिस, ८ फिटको ८ पिस र ६ फिटको ८ पिस गरी जम्मा ३९ पिस पाता बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सैनामैना रन्यौराबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं. ४ कुस्साबाट लु ६० प ५९३५ न.को मोटरसाईकलमा लोड गरी ल्याउंदै गरेको अवस्थामा ३ बोरा चिनी र १ बोरा मैदा मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ खुनगाईबाट भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा बोईलर कुखुरा ३९ पिस, दाल १ बोरा र तरकारी लगायतका सामान बरामद गरेको छ ।

≪ Previous Post

२६१ बोरा बरान सहित चालक  र ट्रक प्रहरीको नियन्त्रणमा

Next Post ≫

बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपतिका छोरा दिपेशलाई ८ दिन हिरासतमा राख्न अदालतको अनुमति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क