भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा सशस्त्र प्रहरी बल नेपाल नं.२७ गण हे.क्वा भैरहवा रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले २६१ बोरा बरान ट्रक सहित नियन्त्रणमा लिएको छ ।
मायाँदेबी गाउँपालिका वडा नं. ५ मर्चवार बाट गुरबनिया तर्फ आउदै गरेको लु १ ख७७४७ नं.को मिनी ट्रकलाई शंकालागी चेकजाँच गर्दा २६१ बोरा बरान लोड भएको र उक्त बरानको बिल बिजक समेत शंकास्पद देखिएकोले प्रहरीले बरान सहित ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरीले ट्रक चालक जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका–३ बस्ने बर्ष २३ को प्रकाश कुर्मी समेतलाई नियन्त्रणमा लिई ट्रक सहित आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।