Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी डिष्ट्रिक नेपाल भुटानको डिष्ट्रिक कन्फ्रेन्स समापन, उत्कृष्ट कार्य सम्पादन गर्नेलाई सम्मान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी डिष्ट्रिक नेपाल भुटानको डिष्ट्रिक कन्फ्रेन्स समापन, उत्कृष्ट कार्य सम्पादन गर्नेलाई सम्मान

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८० · 0
रोटरी डिष्ट्रिक नेपाल भुटानको डिष्ट्रिक कन्फ्रेन्स समापन, उत्कृष्ट कार्य सम्पादन गर्नेलाई सम्मान
120
SHARES
ShareTweet

बुटवल । बुटवलमा शुक्रबारदेखि शुरु भएको रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्स आईतबार समापन भएको छ । ३ दिनसम्म चलेको डिष्ट्रिक कन्फ्रेन्समा रोटरीले देशभर संचालन गरेका विभिन्न परियोजना, तिनीहरुले समुदायमा पारेको प्रभाव तथा आगामी कार्यदिशा बारे छलफल गर्दै समापन गरिएको हो ।

कन्फ्रेन्समा देशभरीबाट १७ सय बढि रोटरी सदस्य तथा अन्य पाहुनाहरु गरि १८ सय बढिको सहभागिता रहेको थियो । नेपाल सरकारका उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री रघुबिर महासेठले उद्घाटन गरेको कन्फ्रेन्समा बिभिन्न फरक फरक बिषयका सेशनहरुमा सामाजिक क्षेत्रका अभियन्ता र रोटरी क्लवका अगुवाहरुले सहजीकरण गरेका थिए । कन्फ्रेन्समा रोटरीको महत्वपुर्ण एक अंगको रुपमा रहेको सदस्यता विस्तार, सर्भिस प्रोजेक्ट, युथ डेभलपमेन्ट, वुमन एण्ड लिडरसिप, पब्लिक ईमेज, ईकोनोमिक डेभलपमेन्ट लगायतका विषयमा छलफल गरिएको डिष्ट्रिक कन्फ्रेन्स कमिटी चेयर एजाज आलमले जानकारी दिनुभयो ।

कन्फ्रेन्समा रोटरीका पुर्व गभर्नरहरुका अलावा तुरुङग्राम ग्याल्वा रिम्पोछे, चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेल, गायक प्रमोद खरेल, अफसर अली, गायीका मिलन नेवार, मेनुका पौडेल, मिस नेपाल वल्ड श्रीच्छा प्रधान, पत्रकार टिकाराम यात्री, ब्राण्डिङ एण्ड मार्केटिङ एक्स्पर्ट प्रणाया केसी लगायतले आ आफ्नो क्षेत्रको बिषयमा सहजीकरण गर्नुभएको थियो । कन्फ्रेन्स समापनको अवसरमा विभिन्न क्षेत्रका अवार्ड तथा पुरस्कार वितरण गरिएको थियो । त्यस्तै बर्षभरीमा उत्कृष्ट कार्य सम्पादन गर्ने क्लव, क्लवका अध्यक्ष तथा सचिवहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा दृष्टि बिहिन गायीक मेनका पौडेललाई नगद २५ हजार र मानवसेवा आश्रम बुटवलकी टिका थापालाई नगद १० हजार सहित सम्मान गरिएको रोटरी क्लवका एसिसटेन्ट गभर्नर यादव भण्डारीले जानकारी गराउनु भयो ।

≪ Previous Post

ड्रिम युनिक रुपन्देही सुपरलिग : रुपेशले ८ विकेट लिँदा शंकरनगरको सानदार जित

Next Post ≫

२६१ बोरा बरान सहित चालक  र ट्रक प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क