Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ करिव १५ लाख रुपैयाँ बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

करिव १५ लाख रुपैयाँ बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८० · 0
करिव १५ लाख रुपैयाँ बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
100
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न ठाउंमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको १५ लाख बराबरको सामान नियन्त्रणमा लिएको छ ।
चोरी तस्करी नियन्त्रण गर्न विशेष अभियान चलाएको रुपन्देही प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउंदै गरेको अवस्थामा रु. १४ लाख ६५ हजार ५ सय मुल्य वरावरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत २ गते लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १३ कालिदहबाट लु २ प १३३८ र लु ३९ प ३५८८ नं. को मोटरसाईकलमा ओसारपसार गरी गोदाम गर्दै गरेको अवस्थामा २९० बोरा प्याज मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।
यस्तै सिद्धार्थनगर नगरपालिका वडा न.६ गल्लामण्डीमा लु ६ प २११९ नं.को माटेरसाइकलमा भारत बाट ल्याउदै गरेको २ क्विन्टल प्याज, ४ बोरा खुर्सानी, १ बोरा लौका र २ कार्टुन भिण्डी मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय वुटवलबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका वडा नं. ३ मा ४ बोरा चिनी, इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं. ३ र ४ सुण्डीबाट ३ वोरा प्याज र वडा नं. २ बाट लु ४ प ५१६३ नं.को मोटरसाइकलमा ल्याउंदै गरेको ४ बोरा प्याज मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले मर्चवारी गाउँपालिका वडा नं. ६ बाट ५ वटा खसि बोका, ईलाका प्रहरी कर्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ०१ वाईपास चोकमा बेवारिसे अवस्थामा रहेको १२ पिस कोकाकोला, १०० थान कापी, पापड १२ प्याकेट, हैपी बिस्कुट ८ प्याकेट र चिनी २५ के.जी.बरामद गरेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १३ कालिदहबाट प्याज २८ बोरा र माछा ५५ के.जी. बरावरको सामान बरामद गरेको छ भने प्रहरी चौकी शिवपुर गोनाहबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं.०५ बाट प्याज ८ बोरा बरामद गरेको छ ।
यसैगरी प्रहरी चौकी मर्यादपुर, रम्वापुर, पिप्रहवा र खैरेनीबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट ४४ पिस कुखुरा र ३० के.जी माछा, प्रहरी चौकी दुबेथुमुवाबाट खटिएको प्रहरी टोलीले सम्मरीमाई गाउँपालिका वडा नं. ३ बाट लेडिज कुर्ता सुरुवाल ४० पिस र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी टोलीले सिदार्थनगर नगरपालिका वडा नं. ११ छोटकी प्रिपैयाबाट प्याज ६ बोरा बरामद गरेको छ ।

≪ Previous Post

शँकरनगर वनबाटिकामा १० करोड लागतमा बाबुराम स्मृति पार्क

Next Post ≫

पार्टी जिल्ला सदस्य पौडेलको निधनप्रति एमाले रुपन्देहीद्वारा दुःख व्यक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क