Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर वनबाटिकामा १० करोड लागतमा बाबुराम स्मृति पार्क
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर वनबाटिकामा १० करोड लागतमा बाबुराम स्मृति पार्क

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८० · 0
शँकरनगर वनबाटिकामा १० करोड लागतमा बाबुराम स्मृति पार्क
80
SHARES
ShareTweet

बुटवल । शँकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा यसका परिकल्पनाकार एबम् संस्थापक अध्यक्ष बाबुराम अर्यालको स्मृतिमा १० करोड लागतमा वातावरणमैत्री पार्क (उद्यान) बन्ने भएको छ । २० वर्षअघिसम्म कांडे झाडी र खुला शौच गर्ने स्थान रहेको वन क्षेत्रलाई अर्यालकै परिकल्पनामा पर्यटकीय स्थल बनाउन शुरु गरिएको थियो ।
२०६२ सालमा उद्घाटन भएपछि अर्यालको नेतृत्वमा अथक मेहनत र लगावको कारण अहिले वनवाटिका रुपन्देहीको प्रमुख पर्यटकीय गन्तब्य मध्ये एउटा आकर्षक थलो भएको छ । उनै अर्यालले वनवाटिका बनाउन गरेको योगदानको कदर र उनको सम्झना चीरस्थायी बनाउन भ्यु टावर नजिकै २ बिघा जग्गामा स्मृति पार्क बनाउन शनिबार शिलान्याश गरिएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरेले पार्कको शिलान्याश गर्नुभएको हो । सो अवसरमा बोल्दै सांसद घिमिरेले वनवाटिका बनाउन र यो अवस्थासम्म ल्याउन स्वर्गीय अर्यालको अनुकरणीय योगदान रहेको बताउनुभयो ।
केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले वाह्य वजेट प्राप्त भए छिटै नभए आन्तरिक वजेटबाट ५ वर्षभित्र पार्कभित्रका सबै संरचना पूरा गर्ने लक्ष्य रहेको बताउनु भयो ।
‘स्मृति पार्कले एकातिर संस्थापक अध्यक्ष अर्यालको सम्झना र योगदान भावी पुस्तासम्म रहिरहनेछ भने पर्यटकलाई पनि आकर्षण थप्नेछ’–अध्यक्ष शर्माले भन्नुभयो–‘पार्कलाई वातावरणमैत्री र आकर्षक बनाउने गरी डिपिआर बनेको छ ।’
कार्यक्रममा अर्यालका समकालीन व्यक्तित्वहरु मदनलाल पौड्याल, देवीप्रसाद पाण्डे, केन्द्रका सल्लाहकार मोहन चापागाई, नेकपा एमालेका नेता राम गिरी, केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डे, सचिव फर्शुराम भण्डारी, स्वर्गीय अर्यालकी बहिनी शारदा अर्याल, केन्द्रका अनुगमन समिति सदस्य टेकबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधिलगायतले अर्यालको परिकल्पना र मेहनतका कारण वनवाटिकामा अहिले वार्षिक लाखौं पर्यटक आउने थलो बनेको र स्थानीय विकासमा ठूलो योगदान पुगेको धारणा राख्नुभयो । स्मृति पार्कमा आर्क ब्रिज (आधुनिक डिजाइनको पुल), भुलभुलैया बंगैचा, सेल्फी जोन, बच्चाका लागि डुंगा चलाउन मिल्ने पोखरी र माछा पालन पोखरी समेत बनाउने गरी डिपीआर बनेको छ ।

≪ Previous Post

ड्रिम युनिक रुपन्देही सुपरलिग : बुद्ध ६१ रनले विजयी

Next Post ≫

करिव १५ लाख रुपैयाँ बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क