Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रुपन्देही सुपरलिग : बुद्ध ६१ रनले विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रुपन्देही सुपरलिग : बुद्ध ६१ रनले विजयी

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८० · 0
ड्रिम युनिक रुपन्देही सुपरलिग :  बुद्ध ६१ रनले विजयी
100
SHARES
ShareTweet

भैरहवा । बुद्ध क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को शनिबारको खेलमा जित हासिल गरेको छ । बुद्धले बुटवल राइनोजलाई ६१ रनले पराजित गर्दै जित दर्ज गरेको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले निर्धारित ५० ओभरमा ३३ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ५१ रनको स्कोर खडा गर्यो । उसका लागि दीपक डुम्रेले ८१ रनको अर्धशतकीय पारी खेले । यस्तै, अमित अग्रहरी र कमल परियारले समान १२–१२ रन जोडे । बलिङमा बुटवल राइनोजका शिव कुँवरले ४ तथा सुरज सारु, जितेन्द्र साहनी, सलाउद्दिन खाँन, सन्देश ज्ञवाली र नितिन त्रिपाठीले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बुटवल राइनोज ३० ओभर ३ बलमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो । उसका लागि शैलेन्द्र यादवले २८ तथा सुभम घमालले १९ रन बनाए पनि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा बुद्धका कमल परियार र सुभाष भण्डारीले समान ४–४ तथा दीपक डुम्रेले १ विकेट लिए । दीपक खेलमा म्यान अफ द म्याच भई १ हजार २ सय रुपैयाँ पाए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदीयमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

≪ Previous Post

बुटवलको बजार खस्किदो, सटर खाली भाडामा लगाउन सम्स्या बजार जोगाउन घरधन

Next Post ≫

शँकरनगर वनबाटिकामा १० करोड लागतमा बाबुराम स्मृति पार्क

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क