Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको बजार खस्किदो, सटर खाली भाडामा लगाउन सम्स्या बजार जोगाउन घरधन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको बजार खस्किदो, सटर खाली भाडामा लगाउन सम्स्या बजार जोगाउन घरधन

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८० · 0
बुटवलको बजार खस्किदो, सटर खाली भाडामा लगाउन सम्स्या बजार जोगाउन घरधन
110
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको बुटवल नयाँ बसपार्क स्थित भवनका १७ वटा सटर भाडामा लाग्न सकेको छैन । सटर भाडामा लागाउन बुटवल उपमहानगरपालिकाले भाडादर घटाउँदै दुई पटक टेण्डर आह्वान गर्दा समेत कुनै ब्यवसायीले टेन्डर खरिद नगर्दा सटर भाडामा लगाउन नसकियको हो ।  बुटवल उपमहानगरपालिकाले पहिलो पटक २५ प्रतिशत र दोस्रो पटक २० प्रतिशत भाडा घटाएर टेण्डर आह्वान गरेपनि व्यवसायीको प्रतिस्पर्धा नभएको बुटवल उपमहानगरपालिका राजश्व शाखाका प्रमुख डोलराज पौडेल बताउनु हुन्छ ।

त्यस बाहेकका नगरपालिकाको स्वामित्वमा रहेको पुरानोअ बुटवल फाईनान्स रहेको नगरपालिकाको भवन र हाटबजारको पहिलो तलाका सटरहरु एक कोठा सहित न्यूनतम ७ हजारमा दुई वटा सटर मात्रै भाडामा गएका छन् ।
कोभिड–१९ महामारी, रुस–युक्रेन युद्ध, विश्वको  आर्थिक अवस्थामा आएको गिरावट लगायतका कारणले व्यापार व्यवसायमा गिरावट आएको छ । त्यसमाथि बुटवलमा सडक निर्माणमा भएको ढिलाई, धुलो, हिलो, चर्को घरभाडा र अनलाईन व्यापार समेतका कारण एकातर्फ  बुटवलको व्यापार व्यवसाय घटेको  छ भने अर्को तर्फ कतिपय ब्यवसायी बुटवलमा ब्यापार नभएपछी अन्यत्र स्थानान्तरण भएका छन ।
यस्तो अवस्थामा बुटवलको व्यापारलाई कसरी पुनःताजकी गराउन सकिन्छ भन्ने विषयमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले शुक्रबार संघमा छलफल गरेको छ । त्यस अवसरमा संघका अध्यक्ष हरिप्रसाद अर्यालले यहि स्थिति रहिरहने हो भने भोलीका दिनमा घरधनीले घर कुर्ने मान्छे खोज्नुपर्ने अवस्था आउन सक्ने बताउनु भयो । त्यस कारण पनि बुटवलको बजार जोगाउन घरधनीले पनि चासो र चिन्तन गर्नुपर्ने उहाँको भनाई छ । उहाँले व्यापार व्यवसाय रह्यो भने घरभाडा पनि रहिरहने भएकाले घरधनीलाई मितव्ययी बन्न पनि आग्रह गर्नुभयो ।
छलफलमा संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजूले बुटवलको बजार बचाउने हो भने निजी घरधनीहरुले कम्तिमा ३० प्रतिशत भाडा घटाउनु पर्ने धारणा राख्नु भयो।

त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योगी व्यवसायीहरु बाबुराम आचार्य, राजकुमार पाण्डे, रामेश्वर श्रेष्ठ लगायतले व्यापार व्यवसाय बचाउन सकिएन भने बुटवल बजार सेलाउँदै जाने भएकाले त्यसमा गम्भिर हुन सबैलाई आग्रह गर्नुभएको थियो ।
यस्तै बिबिध कारण बुटवलको व्यापार व्यवसाय आधा घटिसकेको बताउँदै संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले व्यापार व्यवसायको लागि घर भाडामा लगाएका घरधनीहरु भाडा समायोजन गर्न तयार हुनु पर्ने बताउनु भयो । यदि घरधनीहरु घरभाडा समायोजन गर्न तयार नहुने हो भने व्यापार व्यवासाय स्थानान्तरण भई घर खाली रहने दिन आउन सक्ने आंकलन गर्नुभयो ।
संघमा भएको छलफलबाट यस विषयमा घरधनीहरुलाई आह्वान गर्ने र संगसंगै घरधनीहरुसंग एउटा बृहत कार्यक्रम गर्ने निश्कर्षमा पुगिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

≪ Previous Post

निष्क्रिय सदस्यलाई क्रियाशील बनाउन एमाले लुम्बिनीले पार्टी सदस्यको परीक्षा लिने

Next Post ≫

ड्रिम युनिक रुपन्देही सुपरलिग : बुद्ध ६१ रनले विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क