भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले करिव ३ लाख बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा रु २ लाख ८३ हजार २०० वरावरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले देवदह नगरपालिका वडा नं. ११ सिक्टनबाट मोटरसाइकलमा ल्याउंदै गरेको अवस्थामा ६४ गोटा बोइलर कुखुरा मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चालक ओमसतिया गाउँपालिका ५ गौरी बस्ने बर्ष २१ को गुल्जार अहमद मुसलमानले चलाई ल्याउदै गरेको लु८प ५९१९ नं.को मोटरसाईकलमा ६४ पिस बोईलर कुखरा मोटरसाईकल सहित नियन्त्रणमा लिई मोटरसाईकल र मानिस समेतलाई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट बेलहियामा बुझाएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ बाइपास चोकबाट लेडिज कपडा कुर्ता सुरुवाल र टप्स गरी ३५ थान,कारमा प्रयोग हुने इलोक्ट्रनिक सामान १ झोला र किराना सामान बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ कोटियामाई मन्दिर पछाडी बेवारिसे अवस्थामा रहेको प्लाष्टिकको कुचो (सानो ठुलो गरि) ४०० थान नियन्त्रणमा लिएको छ ।
प्ररही चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले देवदह नगरपालिका वडा न.५ खैरेनी चोकमा चेकजाँचका क्रममा १२५ के जी प्याज बरामद गरेको छ भने प्रहरी चौकी गुलरियाबाट खटिएको प्रहरी टोलीले सम्मरीमाई गाउँपालिका २ मुडिलाबाट बोइलर कुखुराको काटेको मासु २५ केजी बरामद गरेको छ ।