Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रुपन्देही सुपरलिगः शंकरनगरको जित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रुपन्देही सुपरलिगः शंकरनगरको जित

संसारपोस्ट संवाददाता · १ चैत्र २०८० · 0
ड्रिम युनिक रुपन्देही सुपरलिगः शंकरनगरको जित
60
SHARES
ShareTweet

भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को बिहीबारको खेलमा शंकरनगर क्रिकेट क्लबले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई पराजित गर्दै जित हात पारेको छ । शंकरनगरले लुम्बिनीमाथि २ विकेटको जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा २५ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय १० रनको सामान्य स्कोर खडा गर्यो । उसका लागि अहम्मद हुसेनले २७, बैतुल्लाह खाँनले २४, राहत हुसेनले १३ र अब्दुल रबले १२ रन बनाए । बलिङमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्रीले ९ ओभर बलिङ गर्दै २ मेर्डन राखेर ३७ रन खर्ची ५ विकेट लिए । यस्तै, रुपेश बश्यालले ४ विकेट लिँदा केशब पौडेलले १ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको शंकरनगरले २९ ओभर ४ बलमा ८ विकेट गुमाउँदै १ सय १३ रन बनायो र जित निकाल्यो । उसको जितमा रौनक श्रीवास्तबले अर्धशतकीय पारी खेल्दै अविजित ७१ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा लुम्बिनी शाक्यनका अहम्मद हुसेनले ३, बैतुल्लाह खाँन र आकाश गिरीले समान २–२ विकेट लिए । खेलमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्री म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

≪ Previous Post

ड्रिम युनिक रुपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी

Next Post ≫

मोबाइल चोरी तथा लुटपाट गर्ने ब्यक्तिहरु सामानसहित पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क