Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रुपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रुपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी

संसारपोस्ट संवाददाता · १ चैत्र २०८० · 0
ड्रिम युनिक रुपन्देही सुपरलिगः प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी
90
SHARES
ShareTweet

भैरहवा । मोहम्मद हुसेन र मिथलेश यादवको विस्फोटक ब्याटिङमा प्रोफेसनल मास्टर्स–११ ले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को बुधबारको खेलमा शानदार जित निकालेको छ । उसले बुटवल युथमाथि ३ सय ७९ रनको अन्तरले ऐतिहासिक जित निकालेको हो । साढे दुई दशकको सुपरलिग इतिहासमा यो सबैभन्दा फराकिलो रन अन्तरको जित हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर  ब्याटिङमा आएको प्रोफेसनलले निर्धारित ४९ ओभरको खेलमा ४७ ओभर २ बलमा सबै विकेट गुमाएर ४ सय ५६ रनको विशाल योगफल बनायो । उसका लागि ९१ बलको सामना गरेका मोहम्मदले २१ चौका र ३ छक्काको मद्दतमा १ सय ४४ रनको पारी खेले । यस्तै, आक्रमक ब्याटिङ गरेका मिथलेशले ८९ रन बनाउँदा अजय त्रिपाठीले ४६, आदित्य त्रिपाठीले ३२, जयप्रताप यादवले अविजित २४, सफ्दरजंग खानले २०, अमनकुमार यादवले १५ र इमरान खानले १४ रन बनाए ।

बलिङमा बुटवल युथका अनिल चौधरीले ३, प्रविण ढकाल र विनित अधिकारीले २–२ तथा सोनु मल्लाह र अभिषेक पटवाले १–१ विकेट लिए ।

प्रतिउत्तरमा विशाल लक्षसहित ब्याटिङमा आएको बुटवल युथ १८ ओभर १ बलमा ७७ रनमै अलआउट भयो । उसलाई सस्तैमा रोक्न प्रोफेसनलका मोहम्मद हुसेनले ३, जयप्रताप यादव र अजय त्रिपाठीले २–२ तथा तुसार चौहान र अमनकुमार यादवले १–१ विकेट हात पारे । बुटवल युथका लागि विनित अधिकारीले ३३ र अजय चौधरीले १५ रन बनाए पनि अन्य ब्याटर चल्नै सकेनन्, जसले गर्दा टिम भारी रन अन्तरले पराजित भयो । खेलमा प्रोफेसनलका मोहम्मद हुसेन म्यान अफ द म्याच घोषित भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताउनुभयो ।

≪ Previous Post

पशुपति कलेजमा कानुनी साक्षरता कार्यक्रम

Next Post ≫

ड्रिम युनिक रुपन्देही सुपरलिगः शंकरनगरको जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क