भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ट्रकमा ३८ वटा गोरु अबैध रुपमा लोड गरी लैजादै गरेको अबस्थामा ट्रक, मानिस र गोरु नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले १९ वटा गोरु नियन्त्रणमा लिएको छ ।
आज अन्दाजी ५ः०० बजेको समयमा सैनामैना नगरपालिका वडा नं. १ रानीबगियामा चेकजाँच गर्ने क्रममा पश्चिम बाट पुर्वतर्फ गई रहेको चालक जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ५ बस्ने बर्ष २८ को मान बहादुर बेलबासेले चलाएको ना ६ ख २३८४ नं.को ट्रकमा अबैध रुपमा गोरु लोड गरी लैजादै गरेको अबस्थामा प्रहरी टोलीले ती गोरु नियन्त्रणमा लिएको हो ।
यस्तै अस्थाई प्रहरी पोष्ट रामापुर कलौनीबाट खटीएको प्रहरी टोलीले समेत १९ वटा गोरु नियन्त्रणमा लिएको छ ।
सोमबारे बिहान अन्दाजी .११ः०० बजेको समयमा सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा चेकजाँच गर्ने क्रममा पश्चिम बाट पुर्वतर्फ गई रहेको चालक जिल्ला धादिङ गल्छि नगरपालिका वडा नं. ६ बस्ने बर्ष २९ को बिनय लामाले चलाएको ना ६ ख २६४५ नं.को ट्रकमा अबैध रुपमा लोड गरी लैजादै गरेको अबस्थामा ती गोरु प्रहरीले ट्रक सहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको गोरु, ट्रक र मानिसलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।
