भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको रु. १ लाख बढिको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।
ईलाका प्रहरी कार्यालय कदमहवाबाट खटिएको प्रहरी टोलीले आज कोटहिमाई गाउँपालिका वडा नं. ०६ बोगडीबाट अन्दाजी मूल्य रु. १० हजार बराबरको ४० किलो बैखि माछा बरामद गरेको छ ।
प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरी टोलीले आजै रोहिणी गाउँपालिका वडा नं.२ लखनौटियाबाट अन्दाजी मूल्य रु. १५ हजार बराबरको ६ बोरा प्याज तथा प्रहरी चौकी मुडिलाबाट खटिएको प्रहरी टोलीले सम्मरीमाई गाउँपालिका २ ठेकहवाबाट अन्दाजी मूल्य रु. १४ हजार ५ सय बराबरको लेडिज कुर्ता सुरुवाल १४ थान कपडा बेबारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
यस्तै प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले मायादेवि गाउँपालिका वडा नं. ०५ लुथुवाबाट लु १ प ७८२४ नं. को मोटरसाइकलमा ल्याउंदै गरेको मोटरसाइकल सहित बोईलर कुखुरा ३४ गोटा अन्दाजी मूल्य रु. ६५ हजार सहित जम्मा मूल्य रु. १ लाख ४ हजार ५ सय बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया र बेलहिया भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

