Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ड्रिम युनिक रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यन विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ड्रिम युनिक रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यन विजयी

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८० · 0
ड्रिम युनिक रुपन्देही सुपरलिग : लुम्बिनी शाक्यन विजयी
80
SHARES
ShareTweet

भैरहवा । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को खेलमा लुम्बिनी शाक्यन क्रिकेट क्लब विजयी भएको छ । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले साई ग्लोबल एकेडेमीलाई ९३ रनको फराकिलो अन्तरले पराजित गर्दै जित निकालेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ५७ रनको विशाल लक्ष प्रस्तुत गर्यो । उसका लागि राहत हुसेनले अर्धशतकीय पारी खेल्दै ५९ रन बटुल्दा सन्दिपसिंह लोधले ४७, अजमत एजाज अलीले २९, अब्दुल रबले २१, विष्णु ठठेरले १९ र बैतुल्लाह खाँनले १२ रन जोड्न सफल भए ।
लुम्बिनीले अतिरिक्त मात्रै ५६ रन पाएको थियो । बलिङमा साई ग्लोबलका अभिषेक कोहारले ९.४ ओभर बलिङ गर्दै ६९ रन खर्चेर ५ विकेट लिए । यस्तै, मोइन नाउले २ तथा राहुल थापामगर र अलदीप कुँवरले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको साई ग्लोबल ३५ ओभर ४ बलमा १ सय ६४ रन बनाउँदै अलआउट भयो । उसका लागि प्रयाशराज गैरेले ४९, अलदिप कुँवरले ३५, अविजित ज्ञवालीले ३१ र अनुरागविक्रम शाहीले १४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उसलाई तल्लो क्रममा रोक्न बलिङमा लुम्बिनी शाक्यनका अहम्मद हुसेनले १० ओभर बलिङ गर्दै ३७ रन खर्चेर ४ विकेट लिँदा बैतुल्लाह खाँनले ३ तथा आकाश गैरे र एजाज अलीले १–१ विकेट लिए । खेलमा लुम्बिनी शाक्यनका राहत हुसेन म्यान अफ द म्याच भए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदियमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले जानकारी गराउनु भयो ।

≪ Previous Post

बुटवल कालीकानगरमा भेष्पा स्कुटरको नयाँ शोरुम सञ्चालनमा

Next Post ≫

रुपन्देहीमा फरार प्रतिवादी पक्राउ, कैद तथा जरिवाना भुक्तानका लागि अदालत पेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क