बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १० कालीकानगरमा Vespa\Aprilia स्कुटरको नयाँ शोरुम संचालनमा आएको छ ।
नेपालका लागि Vespa\Aprilia स्कुटरको आधिकारिक विक्रेता डेल्टा अटोकर्प प्रा.लि.ले नयाँ शोरुम संगै नयाँ डिलर गैरे अटोमोवाइल्स मार्फत मंगलबारदेखि स्कुटरको बिक्री शुभारम्भ गरेको हो ।
डेल्टा अटोकर्प प्रा.लि.का अनुसार बुटवल क्षेत्रमा बढ्दै गएको Vespa\Apriliaको मागलाई मध्येनजर गरी नयाँ डिलरशिप शरु गरिएको हो ।
नयाँ शोरुम र नयाँ डिलरको डेल्टा अटोकर्प प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतो, संरक्षक बालकृष्ण गैरे, गैरे अटोमोवाइल्सका प्रवन्ध निर्देशक प्रेमराज गैरे, संचालक लक्ष्मी गैरे, गैरे परिवारका टंक गैरे, हिमाल गैरेलगायतले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गर्नुभयो ।
भेष्पा स्कुटरको नयाँ शोरुमको शुभारम्भ गर्दै डेल्टा अटोकर्प प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले बुटवलमा नयाँ शोरुमको उद्घाटन र गैरे अटोमोवाइल्ससंग ब्यापारिक साझेदारी गर्न पाउंदा निकै गर्वको अनुभूति भएको बताउनु भयो । उहांले बुटवलमा नयाँ शोरुमको बिस्तारसंगै यस क्षेत्रका ग्राहकले सजिलैसंग Vespa\Aprilia स्कुटर खरिद गर्न पाउनुका साथै छिटो छरितो रुपमा सर्भिसिङ्ग र स्पेयर पार्टस्को सेवा लिन सक्ने र शोरुम शुभारम्भको पहिलो दिन भेष्पा स्कुटर खरिद गर्दा प्रति स्कुटर १० हजार बराबर नगद छुटका साथै एक थान ब्राण्डेड हेलमेट प्रदान गरिने बताउनु भयो ।
गैरे अटोमोवाइल्सका प्रवन्ध निर्देशक प्रेमराज गैरेले भेष्पाको नयाँ शोरुम सञ्चालनमा ल्याउन पाउंदा आफु निकै उत्साहित भएको बताउंदै ग्रहकहरुको मागलाई परिपुर्ति गर्दै गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गर्ने प्रतिवद्धता जनाउनु भयो । उहांले ग्राहकहरुको मागलाई मध्येनजर गर्दै Vespa\Aprilia स्कुटर खरिद गरे पश्चात नामसारी र ब्लुबुक तत्काल उपलब्ध गराउनुको साथै फाइनान्सको लागि समेत सहजीकरण गर्ने बताउनु भयो ।