केही स्थानमा मेघ गर्जनसहित वर्षा र चट्याङ्ग पर्ने सम्भावना
संसार पोष्ट
काठमाडौँ, २३ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका धेरै स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।
मौसमविदका अनुसार पश्चिम र मध्यका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र चट्याङ्ग पर्ने सम्भावना रहेको छ ।
यस्तै बिहीबारराति देशका धेरैजसो स्थानमा सामान्य बदली हुने र केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।
मौसमविद गंगा नगरकोटीका अनुसार पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको भने राति पनि चट्याङ्ग पर्ने सम्भावना रहेको छ ।
हाल देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । पूर्वी भू–भागका थोरै र पश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वका केही क्षेत्रमा मेघ गर्जन गराउने बादल सक्रिय रहेको जनाइएको छ । यस्तै मनसुन अहिले नेपालमा कम सक्रिय अवस्थामा रहेको छ ।
यस्तै जल तथा मौसम पूर्वानुमान महाशाखाले साउन २४ र २५ गते पनि देशका धेरै स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।
हेर्नुहोस् मौसम पूर्वानुमान शाखाको मौसम पूर्वानुमान बुलेटिन ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७६-०४-२३, बिहान ६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केही दक्षिण तिर रहेको छ | साथै पूर्वि र मध्य नेपालमा एउटा Deep Depression को असर पनि देखिएको छ। उक्त Deep Depression, हाल उत्तरी ओडिसा तटीय नजिकै उत्तर -पश्चिम बंगालको खाडीमा अवस्थित छ । मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough)को औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म( Head of Bay of Bengal) जनाउँछ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशका अधिकांस स्थानहरुमा आंसिक देखि सामान्य बदली रही पूर्वी भू -भागका थोरै स्थानहरुमा र पश्चिमको १/२ स्थानहरुमा हल्का वर्षा भइरहेको छ । देशको पूर्वी भू-भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण २३ गते (बिहिबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिम र मध्यका केही स्थानहरुमा र पुर्वका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा संभावना रहेको छ।
राती: देशका धेरैजसो स्थानहरुमा सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुनसक्छ।
श्रावण २४ गते (शुक्रबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
राती: देशका धेरैजसो स्थानहरुमा सामान्यतया वदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।
श्रावण २५ गते (शनिबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती: देशका धेरैजसो स्थानहरुमा आंसिक देखि सामान्य वदली रही पश्चिमका थोरै स्थानहरु तथा पूर्वी र मध्यका १/२ स्थानहरुमा मा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको संभावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशको केही स्थानहरुमा मेघ गर्जन सहितको वर्षा हुने/चट्याङ्ग पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिन्छ। पश्चिम नेपालका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा सडक यातायातमा पहिरो/भू-क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।