Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ साई ग्लोबल कप : न्यू होराइजन ‘ए’ विजयी, कान्ति डिसक्वालिफाइड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

साई ग्लोबल कप : न्यू होराइजन ‘ए’ विजयी, कान्ति डिसक्वालिफाइड

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०८० · 0
साई ग्लोबल कप : न्यू होराइजन ‘ए’ विजयी, कान्ति डिसक्वालिफाइड
100
SHARES
ShareTweet

भैरहवा । जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा सेन्टजोसेफ इङ्गलि बोर्डिङ हाई स्कूल र न्यू होराइजन ‘ए’ले सफलता हात पारेका छन् । बुधबार कान्ति मावि र सेन्टजोसेफबीच पहिलो खेल भइरहेका बेला कान्तिले ५ जना बाहिरी खेलाडी खेलाएको पाइएपछि कान्तिलाई प्रतियोगिताबाट डिसक्वालिफाइड गर्दै हटाइएको छ । कान्ति प्रतियोगिताबाट हटाइएसँगै सेन्टजोसेफ स्वतः अघिल्लो चरणमा प्रवेश गरेको छ । न्यू होराइजन ‘ए’ले भने राममणि क्याम्पसलाई ५ रनले पराजित गर्दै जित हात पारेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्यू होराइजन ‘ए’ले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ५२ रनको बलियो स्कोर खडा गर्यो । उसका लागि विशाल भुसालले ४३, अमर मिश्राले ३५, निश्चल ज्ञवालीले ३२ र संगम पाण्डेयले २२ रनको योगदान दिए । बलिङमा राममणिका श्याम चौहानले ३ तथा हिमाल थापा र मनिष थापाले समान १–१ विकेट लिए ।

जवाफमा मैदानमा उत्रिएको राममणिले निर्धारित खेलमा ५ विकेटको नोक्सानीमा १ सय ४७ रन बनायो र ५ रनले हार व्यहोर्यो । उसका लागि थमन सिंजालीले अविजित ६९ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै, विकल अधिकारीले २५ र मनिष थापाले २२ रन जोडे । बलिङमा न्यू होराइजन ‘ए’का निर्मल गुरुङले २ तथा अमर मिश्राले १ विकेट लिए । खेलमा होराइजनका विशाल भुसाल म्यान अफ द म्याच घोषित भए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा भैरहवामा रहेको साई ग्लोबल एकेडेमीको प्रमुख प्रायोजनमा जारी प्रतियोगिताको विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न कलेजका २६ टिम सहभागी छन् ।

≪ Previous Post

लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य उपचार गर्न सक्ने गरी बिकास गरिने स्वास्थ्य मन्त्री खनालको प्रतिवद्वता

Next Post ≫

दवाव यात्रासंगै रास्वापाले बुझायो बुटवल उपमहानगरमा १२ बुंदे माग सहितको ज्ञापन पत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क