Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य उपचार गर्न सक्ने गरी बिकास गरिने स्वास्थ्य मन्त्री खनालको प्रतिवद्वता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य उपचार गर्न सक्ने गरी बिकास गरिने स्वास्थ्य मन्त्री खनालको प्रतिवद्वता

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०८० · 0
लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य उपचार गर्न सक्ने गरी बिकास गरिने स्वास्थ्य मन्त्री खनालको प्रतिवद्वता
150
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य सेवालाई सहज र शर्भशुलभ बनाउने बताउनुभएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य उपचार गर्न सक्ने अस्पतालको रुपमा बिकास गर्ने प्रतिवद्वता जनाउंदै मन्त्री खनालले अस्पतालमा बन्न लागेको अत्याधुनिक संरचनासहितको १० तल्ले नयाँ भवन निर्माण समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
मंगलबार अस्पतालको ११४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री खनालले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको योजना अनुसार अगाडी बढाउने प्रयास अनुसार सरकारले काम गरिरहेको दावी गर्नुभयो । उहांले अस्पतालको गुणस्तर वृद्धि गर्ने र जनताले चाहेको जस्तो उपचार सेवा उपलब्ध गराउन आवश्यक स्रोत व्यवस्थापनका लागि प्रदेश सरकारले पहल गर्ने आश्वासन दिनुभयो । मन्त्री खनालले नेपाली मात्र नभई विदेशी पनि उपचार गर्न आउने गरी अस्पतालको स्तर वृद्वि गर्ने बताउनुभयो ।


मन्त्री खनालले अस्पतालको वार्षिकोत्सवको अवसरमा मंगलबार अस्पतालमा संचालनमा आएको क्याथल्यावको समेत उद्घाटन गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री सुदर्शन बरालले अस्पतालको बिकासका लागि आफ्नो पालामै गुरुयोजना तयार भएर काम अघि बढेको दावी गर्दै विगतका प्रतिवद्धता सरकारले पालना गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायधिवक्ता बुद्धबहादुर थापा, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थी लगायतले अस्पतालमा बन्ने १० तले नयाँ भवनको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालले चालू आर्थिक वर्षमा मात्रै करिब डेढ दर्जन बढी सेवा बिस्तार गरेको जानकारी गराउनु भयो ।
१५ बेड क्षमताको एसएनसीयू स्थापना, ६ बेड क्षमताको पीआईसियू स्थापना, ८ बेडको एनआईसीयूलाई १२ बेडमा बिस्तार, बर्थिङ सेन्टर स्थापना, क्याथल्याव संचालन, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापना लगायतका उपब्धिबारे मेसु थापाले जानकारी गराउनुभयो । उहांले अस्पतालमा उपचारका लागि आउने विरामीहरुको सहजताका लागि निकट भविष्यमा अनलाइन टिकटको समेत व्यवस्था गरिने जानकारी गराउनु भयो ।
अस्पतालले ११४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप समेत आयोजना गरेको थियो । अस्पताल परिवार बीच आयोजना गरिएका फुटबल, भलिबल, क्रिकेट, म्याराथन, कविता बाचन प्रतियोगिता तथा रक्तदान कार्यक्रममा सहभागीहरुलाई मूल समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
चिकित्सक (विशेषज्ञं मेडिकल अधिकृत) १२७ जना, नर्सिङ कर्मचारी २९४ जना, पारामेडिक्स कर्मचारी १५७ जना, प्रशासनिक कर्मचारी (प्रशासन, लेखा र आई टी) २८ जना, कार्यालय सहयोगी÷सरसफाईकर्मी १८९ जना, सुरक्षागार्ड २६ जना तथा अन्य २८ जना कर्मचारी गरी जम्मा ८५१ जना कर्मचारीहरु अस्पतालमा कार्यरत रहेका छन् ।
तत्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्र समशेर ज.व.रा को पालामा वि.स. १९६७ फागुन १५ गते सेन वंशी राजा मणिमुकुन्द सेनको दरवार (हालको पारि बुटवल फुलवारी पार्क) मा २ जना भारतीय चिकित्सक र ६ शैयाबाट लुम्बिनी प्रादेशिक अस्पतालको सुरुवात भएको थियो । वि.स.१९९८ सालमा रक्तसञ्चार गृह रहेको स्थानहुँदै बुटवल उप–महानगरपालिका वडा नं.६ हाल अस्पताल रहेको स्थानमा स्थापना भई यस अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउंदै आएको छ ।

≪ Previous Post

साई ग्लोबल कप : लीलाराम र प्यारामाउण्टको लगातार जित

Next Post ≫

साई ग्लोबल कप : न्यू होराइजन ‘ए’ विजयी, कान्ति डिसक्वालिफाइड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क