Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ साई ग्लोबल कप : लीलाराम र प्यारामाउण्टको लगातार जित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

साई ग्लोबल कप : लीलाराम र प्यारामाउण्टको लगातार जित

संसारपोस्ट संवाददाता · १५ फाल्गुन २०८० · 0
साई ग्लोबल कप : लीलाराम र प्यारामाउण्टको लगातार जित
90
SHARES
ShareTweet

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार भएका दुई खेलमा लीलाराम उच्च मावि र प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका छन् । लीलारामले इडन इङ्गलिस बोर्डिङ हाई स्कूललाई १६ रन र प्यारामाउण्टले होराइजन जीबीएसलाई २६ रनले पराजित गर्दै जित निकालेका हुन् । यसअघि यी दुबै टिमले एक–एक खेल जितिसकेका छन् । यो लगातार दोस्रो जित हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको लीलारामले निर्धारित खेलमा १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०० रनको योगफल बनायो । उसका लागि विजय कोहारले ४३, निरज मौर्यले २३ र अयन खाँनले १० रन बनाए । बलिङमा इडनका सागर गिरी र सन्दिप सुनारले समान ४–४ विकेट हात पार्दा विनय जिसी र विशाल भुसालले १–१ विकेट लिए ।
१ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इडन १९ ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमै रोकियो । उसका लागि खडक बोहराले पारी सम्हाल्दै ५३ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार ब्यहोर्यो । बलिङमा लीलारामका तुलबहादुर थापा र अर्जुन करुशले समान ३–३ तथा गुल्शन कुर्मी र निरज मौर्यले १–१ विकेट लिए । खेलमा लीलारामका अर्जुन करुश म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको प्यारामाउण्टले निर्धारित खेलमा ६ विकेट गुमाउँदै १ सय १७ रनको बलियो योगफल बनायो । उसका लागि ड्रस सुनारले अविजित ५४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, रिषभ बेल्बासेले ३५ र आर्यन भण्डारीले नटआउट ९ रन बनाए । बलिङमा होराइजन जीबीएसका सुमित पराजुलीले २ तथा सुनिल लोध, विप्रशन केसी र अमित अधिकारीले समान १–१ विकेट लिए ।
प्रतिउत्तरमा होराइजन जीबीएस पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रन मात्रै बनाउन सक्यो र हार ब्यहोर्यो । उसका लागि विप्रशन केसीले २४ र सचिन जिसीले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो रन बटुल्न सकेनन् । बलिङमा प्यारामाउण्टका शिव कुँवर र ड्रस सुनारले २–२ तथा सन्देश थापा, मञ्जिल भण्डारी, सुमित थापा र दीलिप रेग्मीले समान १–१ विकेट लिए । खेलमा प्यारामाउण्टका ड्रस सुनार म्यान अफ द म्याच भए ।
भैरहवामा रहेको साई ग्लोबल एकेडेमीको प्रमुख प्रायोजनमा जारी प्रतियोगिताको विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टिम सहभागी छन् ।

≪ Previous Post

भारतीय पर्यटकले २५ हजार मात्र ल्याउन पाउने प्रावधान हटाउन एनएचएको माग

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य उपचार गर्न सक्ने गरी बिकास गरिने स्वास्थ्य मन्त्री खनालको प्रतिवद्वता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क