बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवलमा नगर दवाब यात्रा सम्पन्न गर्दै बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । योगिकुटीबाट शुरु भएको दबाब यात्रा कालिकापथ हुदै नेपालगंज रोड,अमरपथ ,गोलपार्क हुदै चौराहासम्म पुगेको थियो ।
केन्द्रिय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति रमेश लम्साल, संघीय सांसदका उम्मेदबार एवं नेता गणेश पौडेल लगायतका नेता कार्यकताको टोलीले दबाद यात्रा सकेर
राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवलमा नगर दवाब यात्रा सम्पन्न गर्दै ज्ञापन पत्र बुझाएको छ । योगिकुटीबाट शुरु भएको दबाब यात्रा कालिकापथ हुदै नेपालगंज रोड,अमरपथ ,गोलपार्क हुदै चौराहासम्म पुगेको थियो ।
केन्द्रिय सदस्य कुसुम महर्जन ,क्षेत्रीय सभापति रमेश लम्साल, संघीय सांसदका उम्मेदबार एवं नेता गणेश पौडेल लगायतका नेता कार्यकताको टोलीले दबाद यात्रा सकेर बुटव उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले सडकका गाइबस्तु ब्यबस्थापन गर, बिकास निर्माणका काममा तिब्रता देउ, पशु बधशाला संचालन गर, रंगशाला जाने बाटो तुरुन्त निर्माण गर लगायतका १२ बुदे माग सहितको ज्ञापन पत्र प्रमुख पाण्डेलाई बुझाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको ज्ञापनपत्र बुझेपछि बोल्दै प्रमुख खेलराज पाण्डेले रास्वपाका मागलाइ सकारात्कम रुपमा लिएको बताउदै समस्याहरु समाधानको बाटोमा आफुहरु रहेको प्रतिक्रिया दिनुभयो ।