व्यवसायी एकता र व्यवसायीको हितका लागि खटिने अध्यक्ष गौतमको प्रतिवद्धता
बुटवल । पश्चिमाञ्चल यातायात ब्यव्सायी समिति बुटवलको हालै सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन बाट निर्वाचित नयाँ नेतृत्वको बुधवार सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा प्रतिवद्धता व्यक्तगर्दै नवनिर्वाचित अध्यक्ष टीकाराम गौतमले सर्व सहमतीका आधारमा नयाँ नेतृत्व चयन गर्न पूर्व अध्यक्ष, सल्लाहकार र व्यवसायीहरुले खेलेको भूमिकाको सह्राना गर्दै सबैलाई धन्यवाद ज्ञापान गर्नुभयो । अध्यक्ष गौतमले व्यवसायी एकता र व्यवसायीको हितका लागि आफु सधै खटिरहने प्रतिवद्धता व्यक्तगर्दै यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
समितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो । सपथ ग्रहण पश्चात निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण–पत्र समेत प्रदान गरिएको छ । सपथ ग्रहण समारोहमा निर्वाचन समितिका संयोजक पाण्डेले सहमति सहकार्यवाट आएको नयाँ नेतृत्वले विधि र प्रकृया पुरा गरि आएको भन्दै संस्थामा रहेका तमाम चुनौतीलाई आत्मसाथ गरी समितिलाई नमूना बनाउन आह्वान गर्नु भयो ।
कार्यक्रममा समितिका कार्यालय प्रमुख बाबुराम अधिकारीले नवनिर्वाचित नेतृत्वले यस संस्थाका कर्मचारीको मनोवल उच्च रहने गरी कार्य सम्पादन गर्ने अपेक्षा गर्दै सधै सहकार्य सहमतिमा अगाडी बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष यम प्रसाद पाण्डेले सहमति सहकार्यवाट आएको नेतृत्वले एक वर्ष भित्र गरिने साधारण सभामा व्यवसायीले देख्ने गरी कामगर्न शुभकामना दिनु भयो । कार्यक्रममा निवर्तमान महासचिव हरि कंडेलले नवनिर्वाचित महासचिव खिमबहादुर थापा (नारायण)लाई माइन्युट र निर्वतमान कोषाध्यक्ष हरि रिमालले नवनिर्वाचित कोषाध्यक्ष शंकर लम्साललाई चेक बुक हस्तान्तरण गर्नु भयो ।
