Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा बिहिबारदेखि राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा बिहिबारदेखि राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०८० · 0
बुटवलमा बिहिबारदेखि राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने
70
SHARES
ShareTweet

बुटवल । बुटवलमा आयोजना गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकिकरणमा सहयोग पुर्याउनको लागि बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा बिहिबार (भोली) देखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० गर्न लागिएको हो ।
बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सम्पादन समितिले मंगलबार मेला स्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गरी मेलाको तयारी पुरा भएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेलाको मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनु भयो । उहाँले नेपालमा कुल जनसंख्याको ६२ प्रतिशत कृषि क्षेत्रमा आधारित भएपनि कृषि क्षेत्रको योगदान २४ प्रतिशत मात्रै रहेको अवस्थामा त्यसलाई सुधार गरि कृषिका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा हुने योगदानमा बढोत्तरी गर्नको लागि संघले २०६२ सालदेखि विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको बताउनु भयो ।
उहाँले कृषि क्षेत्रमा रहेको अपार संभावनालाई उजागर गर्दै थप लगानी भित्रयाउनु एवं कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउनु मुख्य चुनौती रहेको बताउँदै कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकिकरणमा सहयोग पुर्याउन राष्ट्रिय प्राङ्गारिक कृषि मेला आयोजना गरिएको जानकारी गराउनु भयो ।
पाँचदिनसम्म सञ्चालन गरिने मेलामा प्राङ्गारिक कृषिवस्तुको उत्पादन तथा प्रवद्र्धनमा जोड दिईने छ । त्यस्तै उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्ंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिने छ । प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धती अपनाउन कृषकहरुलाई जागरुक बनाउने, उपभोक्तामा प्राङ्गारिक कृषि उपज तथा असल खेती अभ्यास बारे जानकारी गराउने विश्वास गरिएको छ ।
कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी जानकारी गराईने छ । असल कृषि प्रणाली अपनाइ कृषि, पशुपन्छी तथा मत्स्यजन्य बस्तु उत्पादन एवं बजारीकरणमा सहयोग पुर्याउने पनि विश्वास गरिएको छ ।
कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यात योग्य वस्तुहरुको पहिचान र प्रवद्र्घन, कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री बितरणमा भएका उपलब्धीको जानकारी गराईने छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा कृषिका अत्याधुनिक प्रबिधिको प्रदर्शनी, कृषि परिकार, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शन, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल, प्राङ्गारिक र असल खेती अभ्यास, कृषिजन्य बस्तुको विक्रि वितरण, जिवनाशक विषादि प्रयोग प्रभाव र विकल्प, प्राङ्गारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धी, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि बस्तुको बजारीकरण सम्बन्धि अन्तरक्रिया तथा छलफल गरिने छ । त्यस्तै कृषिसंग सम्बन्धित प्रतियोगिताहरु र कृषिसंग सम्बन्धित सांस्कृति सांगितक कार्यक्रम प्रस्तुत गरिने छ ।
त्यस्तै मेलामा मोटो परीक्षण तथा बाली परीक्षण शिविर सञ्चालन गरिने छ । किसानका लागि यी दुई शिविरलाई विशेष प्राथमिकता दिईको संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो । गैरनाफामुलक मेलाको रुपमा आयोजना गरिएको करिव एक सय स्टल रहने मेलामा २० हजार अवलोकन कर्ताले मेलाको अवलोकन गर्ने अपेक्षा लिईएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष विश्वास ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष वालकृष्ण चापागाईले मेलालाई उपलब्धिमुलक बनाउन सुझाव दिँदै पत्रकारिताको क्षेत्रबाट पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

≪ Previous Post

साई ग्लोबल कपः न्यु होराइजन ‘बी’ र नेपथ्य कलेजको विजयी सुरुवात

Next Post ≫

पश्चिमाञ्चल यातायात ब्यवसायी समितिमा पद हस्तान्तरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क