Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ साई ग्लोबल कप : जेसिस र साई ग्लोबल ‘बी’ विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

साई ग्लोबल कप : जेसिस र साई ग्लोबल ‘बी’ विजयी

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०८० · 0
साई ग्लोबल कप : जेसिस र साई ग्लोबल ‘बी’ विजयी
100
SHARES
ShareTweet

भैरहवा । जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र साई ग्लोबल ‘बी’ले जित निकालेका छन् । बुधबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएका दुई खेलमा जेसिसले लुम्बिनी बाणिज्य क्याम्पसमाथि ९ विकेटको जित निकालेको हो भने साई ग्लोबलले सहीद नारायण पोखरेल क्याम्पसमाथि १८ रनको जित निकाल्न सफल भएको हो ।
पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी बाणिज्यले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा अलआउट हुँदै ७६ रनको सामान्य योगफल बनायो । उसका लागि साहीउल्लाह खान मुसलमानले सर्वाधिक २४ रन जोड्दा हिरामणि भण्डारीले १५ र सन्देश पौडेलले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । बलिङमा जेसिसका इकलाख अहम्मद र अजयकुमार चौहानले समान ३–३ तथा शैलेन्द्र यादवले २ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको जेसिसले १४ ओभर १ बलमा १ विकेटको नोक्सानीमा ७९ रन बनाउँदै सहजै लक्ष्य भेट्टायो । उसको जितमा सागर कुँवरले ३२ र शैलेन्द्र यादवले २९ रन बनाए । उनीहरु दुबैजना अविजित रहे । बलिङमा लुम्बिनी बाणिज्यका क्षितिज गैरेले १ विकेट लिए । खेलमा जेसिसका इकलाख अहम्मद म्यान अफ द म्याच घोषित भए ।
यस्तै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबल ‘बी’ले निर्धारित खेलमा ८ विकेटको क्षतिमा १ सय २२ रनको योगफल बनायो । उसका लागि अविजित ज्ञवालीले ३२, मिर्नाल गुरुङले ३० र मोहम्मद हुसेनले १३ रन बनाए । बलिङमा सहीद नारायणका शेषदत्त थारुले ३, प्रकाश आचार्यले २ तथा सुभाष थारु र प्रदीप सुवेदीले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको सहीद नारायण १८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४ रनमै समेटियो । उसका लागि प्रदीप सुवेदीले ३०, अभिषेक भण्डारी र सुभाष थारुले समान २३–२३ तथा वीरेन्द्र यादवले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा साई ग्लोबलका धिरन्दर राजभरले ३ तथा मोहम्मद हुसेन, मिर्नाल गुरुङ, जयप्रताप यादव र अमन यादवले समान १–१ विकेट लिए । खेलमा साई ग्लोबल ‘बी’ धिरन्दर राजभर म्यान अफ द म्याच भए ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजनमा जारी प्रतियोगिताका विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टिम सहभागी छन् ।

≪ Previous Post

पश्चिमाञ्चल यातायात ब्यवसायी समितिमा पद हस्तान्तरण

Next Post ≫

साई ग्लोबल कपः लीलाराम र होराइजन जीवीएस विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क